सुकेटार, १६ फागुन ।
नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ उडेको छ ।
दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको हाे ।
यसैबीच बुधबारदेखि नै दुर्घटनास्थलमा उद्धारका लागि रहेका ताप्लेजुङ जिल्लाका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापासहित करिब ४५ सुरक्षाकर्मीलाई फर्कन कठिनाइ भएको छ । दुर्घटनास्थलमा बाक्लो हिमपात भएका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको हो ।उनीहरु गएराति भिरमै बसेका थिए । सो क्षेत्रमा रातभरी हिमपात भएको थियो ।
उनीहरु डोरीको सहायतामा दुर्घटनास्थल पुगेका थिए । रातभरी चिसोमा कठ्यांग्रिएर बसेका र मौसमसमेत प्रतिकुल भएका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको हो ।