गिरफ्तार नेता–कार्यकर्तालाई रिहा नगरे आन्दोलनबाट उत्पन्न परिणामको भागीदार सत्ता नैः विप्लव (विज्ञप्तिसहित)

गिरफ्तार नेता–कार्यकर्तालाई रिहा नगरे आन्दोलनबाट उत्पन्न परिणामको भागीदार सत्ता नैः विप्लव (विज्ञप्तिसहित)

  • बुधबार, फाल्गुन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौं, १५ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले बिनाकारण आफ्ना पार्टीका नेता कार्यकर्तालाई दमन गर्ने र गिरफ्तार गरी झुठा अभियोग लगाउने गरेको भन्दै भत्सर्ना गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सरकारले आफैंले बनाएको नियमकानून विपरीत गिरफ्तार गरेर सार्वजनिक अपराधी करार गराउने षडयन्त्र गरेको भन्दै महासचिव विप्लवले गिरफ्तार गरिएका सबैलाई निसर्त रिहा गर्न माग गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारलाई महासचिवले ‘सामाजिक फासीवादी सरकार’को संज्ञा दिएका छन् । देश र जनतालाई कंगाल बनाउने भ्रष्ट, घुसखोरी र काला बजारियालाई कारवाही नगरेर राज्यले नै संरक्षण दिइरहेको र त्यसको ठीक उल्टो राष्ट्रियता, स्वाधीनता र जनजीविकाको पक्षमा शान्तिपूर्ण अभियानमा सहभागी भइरहेका बेला दमनको भाषा बोलेर आफैंलाई भ्रष्ट र घुसखोरी भएको पुष्टि गरिरहेको महासचिव विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक यात्रामा रहेको नेकपाले पार्टी तथा पार्टीनिकट जनवर्गीय संगठनलाई जनताको अधिकार र आधारभूत दैनिकीलाई सहज र सरल बनाउन तथा काला बजारियाको भण्डाफोर गर्दै दोषीलाई जनतामाझ नाङ्ग्याउने काम गरिरहेको छ ।

सरकार स्वयम् भ्रष्ट तथा घुसखोरमाथि कारवाही गर्न छाडेर जनपक्षीय अभियानमा जुटिरहेका बेला अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष बन्धु चन्द, बच्ची यादव, मधेसी मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष महाविर, मानबहादुर तिरुवा, काठमाडौंबाट युवा संगठनका नेता सूर्य भुजेललगायतलाई ‘फासीवादी’ सरकारले बिनाकारण गिरफ्तार गरेर मानसिक र शारीरिक यातना दिएको उल्लेख गर्दै महासचिव विप्लवले गिरफ्तार सबैलाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

उनले एनसेलमाथि भएको भनिएको कारवाही प्रकरणको नाममा आफ्ना नेता कार्यकर्तामाथि राज्यले दमनको भाषा बोलेको भन्दै आक्रोश पोखेका छन् । रिहा नगरिए सशक्त आन्दोलनको घोषणा गर्ने र त्यसबाट उत्पन्न हुने सबैखाले परिणामको जिम्मेवार सत्ता स्वयम् हुने पनि उनले प्रष्ट पारेका छन् ।

गत हप्ता देशैभर एनसेलमाथि भएको घटनापछि सरकारले नेकपामाथि दमन र गिरफ्तार श्रृ‌खला ह्वात्तै बढाउँदै लगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ