नेकपाको मोरङ–धनकुटा संयुक्त ईन्चार्ज संगीत गिरफ्तार, निसर्त रिहा गर्न माग

नेकपाको मोरङ–धनकुटा संयुक्त ईन्चार्ज संगीत गिरफ्तार, निसर्त रिहा गर्न माग

  • बुधबार, फाल्गुन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

इटहरी, १५ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्यूरो सदस्य देवकुमार लिम्बू ‘संगीत’लाई गिरफ्तार गरेको छ ।

प्रदेश नम्बर १ को संघीय ईकाई प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले ईन्चार्ज संगीतलाई सुनसरीको धरानस्थित पानमाराबाट बुधबार दिउँसो गिरफ्तार गरेको नेकपाले कोशी ब्यूरोले जनाएको छ ।

ब्यूरो संयोजक पुष्करले आज दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै नेता ‘संगीत’लाई प्रहरीले गिरफ्तार गरेको पुष्टि गरेका छन् । आफ्ना नेता संगीतलाई पार्टीको शान्तिपूर्ण काममा खटिरहेका अवस्थामा षडयन्त्रपूर्वक अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरी झुठा अभियोग लगाएको भन्दै ब्यूरो संयोजक पुष्करले निन्दा गर्दै बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् ।

रिहा नगरिए सरकारको दमन र षडयन्त्रको सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने कुनै किसिमको परिणामको जिम्मेवार सरकार स्वयम् हुने संयोजक पुष्करले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संगठनात्मक काममा हिँडिरहेको बेला फागुन १५ गते अपरान्ह धनकुटा–मोरङ संयुक्त जिल्ला समितिका ईन्चार्ज तथा कोशी ब्यूरो सदस्य क. देवकुमार लिम्बू ‘संगित’लाई पानमारा सुनसरीबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । उहा“लाई फसाउने षड्यन्त्र र मनसायले प्रहरी प्रसासनले प्रायोजित समाचार संप्रेसण गरिरहेको छ । यसप्रकारको षड्यन्त्र र गिरफ्तारीको निन्दा र भत्सर्ना गर्दछौं ’।

त्यस्तै विज्ञिप्तको अन्तमा भनिएको छ, ‘गिरफ्तार गरिएका क. संगीतलाई विनासर्त तत्काल रिहाईको माग गर्दछौं । अन्यथा यस्ता षड्यन्त्र र दमनको सशक्त प्रतिवाद गर्न पार्टी बाध्य हुनेछ । त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयम् हुनेछ ।’

आजै धरान प्रहरीले पत्रकार सम्मेलन गरी ईन्चार्ज संगितलाई गिरफ्तार गरेको घटनालाई सार्वजनिक गरेको छ । प्रशासनले संगीतको गिरफ्तारबारे प्रायोजित समाचार दिइरहेको भन्दै आपत्ति समेत संयोजक पुष्करले जनाएका छन् । पछिल्लो चरणमा सरकारले नेकपामाथि दमन र हस्तक्षेपलाई बढवा दिएको छ भने उक्त हर्कतको नेकपाले घोर विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ