पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना, प्रहरी टोली घटनास्थल जादैँ

पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना, प्रहरी टोली घटनास्थल जादैँ

  • बुधबार, फाल्गुन १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको खबर छ । पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा मन्त्रीसहित ६ जनाको टोली चडेको हेलिकोप्टर बीचैमा दुर्घटना भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको जानकारी दिए ।सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।
कल साइन एएमआई ९अल्फा माइक इन्डिया० कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री सहितको टोली गएको विमानस्थल स्रोतले बताएको छ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।हेलिकोप्टर फुङलिङ नगरपालीका १० को मायम सिरानमा दुर्घटना भएको बताईन्छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको ताप्लेजुङबाट पत्रकार आलोक लिम्बुले जनाएका छन् ।घटनाको विवरण आउन बाँकी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ