विराटनगर, १५ फागुन ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङले शहीद सप्ताह शुरु गरेको छ । यस क्रममा शहीद परिवार अभिनन्दन , भेटघाट शुरु गरिएको जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठले जानकारी दिए ।
शहीद बिश्नु बास्कोटाका बुवाले भने, ‘अब प्रचण्डले जस्तो धोका बिप्लवले नदिउन हाम्रो आशीर्वाद र सहयोग हुन्छ । शहीदको सपना पुरा होउन ।’
परिवारहरुलाइ अभिनन्दन पत्र, फलफिल , बितरण गर्नुका साथै शहीदका घर घरमा मौन धारण गर्ने जस्ता कार्यक्रम जारी रहने इन्चार्ज प्रज्वलले बताए ।
मोरङमा कुल एक सय ४२ शहीद परिवार रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline