नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य रहेका भुजेल विगतमा नेकपा निकट युवा सङ्गठनमा आबद्ध थिए । प्रहरीले उनलाई मङ्गलबार गिरफ्तार गरेको हो ।
काठमाडौँको कलङ्कीमा पारिवारिक जमघटमा सहभागी भइरहेको बेला भुजेललाई गिरफ्तार गरेको जनाउँदै नेकपाले रिहाइको माग गरेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।
मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै इन्चार्ज सुदर्शनले व्यक्तिगत काममा हिँडिरहेका आफ्नो पार्टीका ब्युरो सदस्य सूर्य भुजेललाई काठमाडौँको कलङ्कीबाट गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।
यस्तै केही दिनपहिले अछामबाट गिरफ्तार गरिएकी नेकपा निकट अनेमसङ्घकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायत देशैभरि आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि दमन, धरपकड र गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरे यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् सरकार हुुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।