‘स्वतन्त्र र जनपक्षीय पत्रकारितामाथि राज्यले अंकुश लगाए सत्ता नै अप्ठ्यारोमा पर्ने निश्चित छ’

‘स्वतन्त्र र जनपक्षीय पत्रकारितामाथि राज्यले अंकुश लगाए सत्ता नै अप्ठ्यारोमा पर्ने निश्चित छ’

  • मङ्लबार, फाल्गुन १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाडौं, १४ फागुन ।

जनपत्रकार संगठन नेपालले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्यो । यसअघि क्रान्तिकारी पत्रकार संगठन नेपालको नामबाट गतिविधि गर्दै आइरहेको संगठनले आजबाट जनपत्रकार संगठन नेपालको नामबाट आफ्नाे सम्पूर्ण कामकारवाही गर्ने पत्रकार सम्मेलनमा विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

यो संगठन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व गरिरहेका नेपाल कम्युनिस्ट पार्टी निकट संगठन हो । ‘आस्था र विचारको दृष्टिकोणले विप्लव नेतृत्वको नेकपालाई मातृ पार्टी मान्दछौं’ पत्रकार सम्मेलनमा जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले भने ‘विचार र आस्थाकै आधारमा यो संगठनमा आवद्ध पत्रकारहरुमाथि राज्यले दमन र हस्तक्षेप गरे सत्ता नै अप्ठ्यारोमा पर्ने कुरालाई नकार्न सकिन्न ।’

आफूहरुले मुख्यगरी राष्ट्रियता, स्वाधीनता र जनजीविकाको पक्षमा पत्रकारिताको कलम चलाउने र श्रमजीवि पत्रकारको हक र अधिकारको लागि निरन्तर संघर्ष गर्दै आएको बताउँदै आगामी दिनमा त्यसलाई अझ सशक्त र मजबुत पार्दै लैजाने प्रतिवद्धता जनाए । मुलुकमा निकटमै राजनीतिक परिस्थिति जटिल बन्ने संकेत देखिएको भन्दै भ्रष्टाचार, तस्करी, अत्याचार र असामाजिक गतिविधि तीव्र बन्दा समेत सरकार गम्भीर नहुनुले नागरिकमा चिन्ता बढेको बताए ।

नाम परिवर्तनयता यो पहिलो पत्रकार सम्मेलन हो । करिब ३ वर्षदेखि यता उसले प्रेस स्वतन्त्रता र नागरिकको मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताबारे निरन्तर बहस, अन्तत्र्रिmया र पत्रकर सम्मेलन गर्दै नागरिकलाई सुसूचित गराउन सशक्त भूमिका निर्वाह गर्दै आइरहेको छ ।

गत बैशाख १५ मा राजधानीको राष्ट्रियसभा गृहमा उद्घाटन गरी १६ र १७ गते भक्तपुरको नगरकोटमा सम्पन्न गरेको तेस्रो राष्ट्रिय सम्मेलनपछि संगठनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानअधिकारको रक्षाको पक्षमा आफ्नो भूमिकालाई बलियोरुपमा प्रस्तुत गर्दै आइरहेको छ । उक्त सम्मेलनपछि गत असोज २ गते दाङमा संगठनको केन्द्रीय समितिको पहिलो र पुस ७ र ८ गते रुपन्देहीको बुटवलमा दोस्रो बैठक सम्पन्न भइसकेको छ ।

पहिलो बैठकले लिएको निर्णयअनुसार देशको डेढ दर्जनभन्दा बढी जिल्लामा ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक बृहत अन्तरक्र्रिया गरिसकेको छ । दोस्रो बैठक बुटवलको निर्णयअनुसार पुस २५ गते कालिकोटमा उद्घाटन गरेर शुरु गरेको तीन महिने ‘जनसञ्चार अभियान–२०७५’ देशैभर जारी राखेको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ‘श्रमजीवि पत्रकारको अवस्था अझै सुधार हुन नसकेको, राजनीतिक क्षेत्रमा जनताका न्यायपूर्ण आन्दोलन नरोकिएको र बाहिर शान्ति र समृद्धिको बहस चलाइरहे पनि यथार्तमा उल्टो भइरहेको’ उल्लेख गरिएको छ । मुलुकलाई गणतन्त्र र समाजवादउन्मुख भनिएपनि सरकारको प्रेसविरोधी गतिविधिले तथा अभिव्यक्ति स्वतन्त्रतता खतरा रहेको संगठनको बुझाई छ । नियतबस दुःख दिने र त्रास फैलाउने पक्षविरुद्ध संघर्ष छेड्ने चेतावनी पनि पत्रकार सम्मेलनमा दिइयो ।

‘जनताका आवाज उठाउने पत्रकारहरुको स्वतन्त्रता, पेशागत र भौतिक सुरक्षामाथि समेत प्रश्न उठिरहेका बेला अन्य विषयको अवस्था के होला ? भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ’ अध्यक्ष डुम्रे र महासचिव हिम विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । अब जनपत्रकार संगठन नेपालको नाम र लोगोबाट संगठनको सम्पूर्ण गतिविधि हुने र अन्य कुनैकिसिमको भ्रममा नपर्न समेत उसले सबैलाई जानकारी दिएको छ ।

अजाका दिनसम्म हामीले क्रान्तिकारी पत्रकार संगठन, नेपालको नामबाट आफ्ना गतिविधि र क्रियाकलापहरु संचाल गर्दै आयौं । देशका ४० जिल्लामा पनि क्रान्तिकारी पत्रकार संगठन नेपालको नामबाटै कार्यक्रमहरु सम्पन्न गर्यौं । तर केही प्राविधिक, जटिलता र बद्लिँदो परिस्थिति अनुसार हामी हाम्रो संगठनको नाम परिवर्तन गरेका छौं । यसअघि क्रान्तिकारी पत्रकार संगठन नेपालको नामबाट भएकाा सम्पूर्ण गतिविधि अब जनपत्रकार संगठन नेपालको नामबाट हुने जानकारी गराउँदछौं’ वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनकै बीच महासचिव विष्टले नेकपाका महासचिव विप्लव र फ्याक्सन ईन्चार्ज एवं पार्टी प्रवक्ता प्रकाण्डले संगठनलाई शुभकामना सन्देश पठाएको जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरी, पत्रकार राजेन्द्र चिमौरिया र तथा पार्टीनिकट कर्मचारी संगठनका अध्यक्ष टोपबहादुर बाँनियालगायतको उपस्थिति रहेको थियो ।

समाचारका लागि कलम, क्यामेरा, डायरी बोकेर हिड्ने पत्रकारलाई सुरक्षित र निर्वाँध रुपमा कर्तव्य निभाउन दिन समेत संगठनले आग्रह गरेको छ ।

अकर्मण्यता र सुधारवादमा फसेको र क्रान्तिको पक्षमा उभिन नसकको भन्दै मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीसँग २०७१ मंसिर ८ गते सम्बन्ध विच्छेद गरी विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरेयता जनपक्षीय पत्रकारहरुको क्रान्तिकारी पत्रकार संगठन नेपाल बनाइएको थियो । पछि २०७३ फागुन १ मा राजधानी काठमाडौंमा उद्घाटन गरी ५–८ सम्म चलेर सम्पन्न भएको आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी पारित गरेको थियो भने जनपक्षीय पत्रकारिताका क्रान्ति पत्रकार संगठन नेपाल गठन गर्यो ।

तर नेपाल कम्युनिस्ट पार्टीले पार्टी र संगठनविरोधी गतिविधि गरेको ठहर गर्दै उक्त संगठनमा आवद्ध पाँचजनालाई केही महिनापहिले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि पार्टीको स्थायी समिति बैठकको निर्णयले संगठनको नाम जनपत्रकार संगठन नेपाल राख्ने निर्णय गरेको थियो । उक्त निर्णय गलत तत्वबाट स‌गठनबारे फैलाइएको भ्रम चिर्न सफल भयो । सोहीअनुरुप संगठनको नाम परिवर्तन गरिएको हो । आजै उसले संगठनको नामसँगै लोगो समेत सार्वजनिक गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ