अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विक २५ दिनपछि रिहा(फाेटाेफिचर)

अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विक २५ दिनपछि रिहा(फाेटाेफिचर)

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

मोरङ, १२ फागुन ।

हाततियार खरखजना अभियोगमा बन्दी बनाइएका अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक २५ दिनपछि रिहा भएका छन् ।

मोरङ जिल्ला अदालतकाे आदेशमा विकलाइ आज (आइतवार) रिहा भएका हुन् । इजलास नम्बर ८ मा भएको बहसपछि नारायण प्रसाद शर्माको एकल इजलास रिहा गर्न दिएको हो । माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट गिरफ्तार विकलाई हातहतियार तथा खरखजना अभियोगमा मुद्दा चलाइएको थियो ।२५ दिनसम्म विकलाई हिरासत राखिएको थियो ।

बहसमा बन्दी विकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, भरत थापा र अधिवक्ताहरु हरि फुयाँल, पुरोषत्तम नेपाल, उद्ववचन्द्र घिमिरे, प्रेमप्रसाद घिमिरे, विमल मगर, चिरञ्जीवि ढकाल र कविता बस्नेतले बहस गरेका छन् ।

अधिवक्ताहरुले विक निर्दोष रहेको र सरकारले प्रवृत्त भावनाबाट अभियोग लगाएको जिकिर गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने वकालत गरेका थिए । सरकारी पक्षबाट जिल्ला सहन्यायाधिवक्ताले बहस गरेका थिए । रिहासँगै विकसँग २० हजार रुपैयाँ धराैटी  लिइएकाे छ ।

विकको साथबाट गैरकानूनी रुपमा राखेको गोली बरामद गरेको अभियोग दर्ता गर्दै अभियोग लगाइएको छ । अखिल (क्रान्तिकारी) ‘कम्युनिष्ट विद्यार्थी अभियान–२०७५’ अन्तर्गत संगठन सुदृढ तथा विस्तार कार्यक्रममा खटिइरहेका बेला विद्यार्थी नेता विकलाई विमानमार्फत काठमाडौं फर्कने क्रममा गिरफ्तार गरिएको थियो ।

रिहापछि काेषाध्यक्ष विकलाइ नेपाल कम्युनिस्ट पार्टीका माेरङ जिलला इन्चार्ज प्रज्वल श्रेष्ठ, सेक्रेटरी नवराज भट्टराइ, अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाल, नेपाल राष्ट्रिय वुद्विजीवि संगठनका कार्यवाहक अध्यक्ष विक्रम थापा, अखिल(क्रान्तिकारी(का सचिवालय सदस्य नवराज नेपाल र दुर्गा तामाङ , संगठनका केन्द्रिय सदस्य लगायतले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ