स्पेनिस लिग फुटबलः मेस्सीकाे ह्याट्रिकमा बार्सिलोनाकाे सहज जित

स्पेनिस लिग फुटबलः मेस्सीकाे ह्याट्रिकमा बार्सिलोनाकाे सहज जित

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, फागुन १२ । मेस्सीकाे ह्याट्रिकमा स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ ले पराजित ग¥यो । बार्साको जितमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले ह्याट्रिक गर्दा लुइस सुवारेजले एक गोल थपे ।

मेस्सीको करियरकै यो ५० औं ह्याट्रिक थियो । पराजित टोली सेभियाका लागि जिसस नाभस र ग्याब्रिएल मर्काडोले एक–एक गोल गरे ।

ला लिगाका अन्य खेलमा गेटाफेले रायो भायकानोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले आइबारलाई १–० ले पराजित ग¥यो ।

गएरातिको जितसँगै बार्सिलोनाले स्पेनिस लिगको अंक तालिकामा १० अंकको अग्रता बनाएको छ । उसले  २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४७ अंक छ । एट्लेटिको मड्रिडले आज भियारियालसँग खेल्नेछ । आजै राति रियाल मड्रिडले लेभान्तेसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ