उदयपुरकाे डुम्रेमा भीषण आगलागी, १२ घर-गोठ जलेर नष्ट

उदयपुरकाे डुम्रेमा भीषण आगलागी, १२ घर-गोठ जलेर नष्ट

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

गाईघाट, ११ फागुन । 

उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भीषण आगलागी भएकाे छ । आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सातवटा गोठ जेलर ध्वस्त भएकाे उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

दिउसो १ बजे कमल कार्कीको घरबाट लागेकेा आगोबाट एक घण्टाभित्रै पाँचवटा घर र सातवटा गाई, गोरु बाँध्ने गोठ जलेर ध्वस्त भएको राईले बताए । आगोले कमलको एउटा घर, दुईवटा गोठ, विदुरको एउटा घर र एउटा गोठ, दीपकको एउटा घर र दुईवटा गोठ, राजेन्द्रको एउटा घर र एउटा गोठ तथा ज्ञानबहादुरको एउटा घर एउटा गोठ जलेर नष्ट भएको हो ।

घटनामा ६६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हावा चलिरहेका कारण लहरै रहेका घरमा आगो चाँडो फैलिएर ठूलो क्षति पु¥याएको प्रहरीको भनाइ छ ।

उदयपुरमा बिहानैदेखि हावा चलिरहेको थियो । आगोले काठबाट बनेका परालको छाना भएका घर तथा भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, सुनचाँदी, महत्वपूर्ण कागजपत्र लगायत सबै धनमाल जलेर नष्ट भएको एसपी राईले बताए ।

प्रहरीले साँझ ७ बजे मात्रै आगो पूर्ण रुपमा नियन्त्रणमा आएकाे जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ