कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक : दाहाल

कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक : दाहाल

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भक्तपुर, ११ फागुन।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर तरकारी होलसेल तथा फलफूल बजारको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण र विविधीकरण नै हो, कृषि र यसको उद्योगको विकास भए मात्रै देशको समृद्धिको विकास हुन्छ ।” कृषि उत्पादन वृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरी कृषि उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपालको जल, जमीन र जडीबुटीको समुचित उपयोग गरी कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सकिनेतर्फ ध्यान जानुपर्ने आँैल्याउनुभयो ।

कृषकको समग्र समस्याको समाधान राज्यले नै गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालमा प्रशस्त प्राकृतिक स्रोतसाधन भए पनि यसको समुचित प्रयोग हुन नसक्दा देश गरीब भएकाले अब कृषिमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभयो । कृषकको समस्या राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले पछिल्लो समयमा ल्याएको कृषकमुखी कार्यक्रम निकै उपलब्धिमूलक भएको बताउनुभयो ।

कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यावसायिकीकरण र बजार व्यवस्थापनका लागि सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिएर देशभर पाँच स्थानमा कृषि बजार बनाउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकको एक करोड र सरकारको एक करोडको अनुदान रकमबाट मुलुकका पाँच स्थानमा कृषि बजार निर्माण गर्ने तयारीअनुरुप सरकारले तीन स्थानमा जमीनको समेत व्यवस्था गरिसकेको छ, पाँच ठाउँमा तरकारी बजार व्यवस्थापन भएपछि कृषकलाई तरकारीको बजार पाउन समस्या छैन ।”

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङले कृषिलाई आधुनिक र वैज्ञानिक ढङ्गबाट विकास गर्दै कृषि उत्पादन बढाउन नार्कले विभिन्न अनुसन्धनात्मक कार्य गरिरहेको र अर्गानिक खेतीको विकासका लागि योजना बनाइरहेको बताउनुभयो । त्यस अवसरमा नेकपा नेता उर्मिला अर्याल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले कृषिको विकासका लागि सरकारले विषादीरहित कृषि उत्पादन गर्ने ढङ्गबाट योजना बनाएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरका व्यवसायी श्यामसुन्दर बस्नेतले भक्तपुरको गठ्ठाघरमा ६ करोड ५० लाखको आठ रोपनी क्षेत्रफलमा शुरु गर्नुभएको तरकारी बजारमा १३० सटर र १५० स्टल गरी २८० बटा तरकारी तथा फलफूल पसल सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले अब भक्तपुरको गाउँगाउँमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्दै तरकारी उत्पादन, सङ्कलनसहित सुपथ मूल्यमा ताजा तरकारी उपलब्ध गराउने बताउँदै कालीमाटीपछिको दोस्रो ठूलो बजार भएकाले अब बिचौलियाको अन्त्य हुने र कृषकले उचित मूल्य घरआँगनमै पाउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी