भूमाफियाले हडपेको जग्गा नेकपा निकट राष्ट्रिय थारु मुक्ति मोर्चाद्धारा कब्जा, बेचबिखन गर्न खोजे कार्वाहिको चेतावनी

भूमाफियाले हडपेको जग्गा नेकपा निकट राष्ट्रिय थारु मुक्ति मोर्चाद्धारा कब्जा, बेचबिखन गर्न खोजे कार्वाहिको चेतावनी

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

चितवन, ११ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, चितवनले साविक बछौली–६ मा रहेको जग्गा नियन्त्रणमा लिएर झण्डा गाडेको छ ।
साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाम रहेको कि.न. ८. क २७० को जग्गा बिगाहा ०–१४–१ कि.न. ८ क २७१ को ०–२–६ र कि.न. ८ ग २४४ को ०–१२–१६ गरी जग्गा विगाहा १–९.३ क्षेत्रफल भएको जग्गा नियन्त्रणमा लिएको हो ।
उक्त जग्गा टीका कंडेल,केशव लामिछाने र जग्गा दलालले जाल साजी गरी हडप्न खोजेको भन्दै मोर्चाले शनिवार जग्गामा झण्डा गाडेको हो ।
चितवन जिल्ला न्यायिक समितिले दुवै पक्षलाई राखी छलफल गराई निर्णय गरिसकेको अवस्थामा सो निर्णयलाई वेवास्ता गरिएकोले उक्त जग्गाको सम्बन्धीत किसानले न्याय नपाएसम्म उक्त जग्गा विक्रि वितरण गर्न रोक लगाउदै राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, चितवनले नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त नियन्त्रीत जग्गा खरिद बिक्री र धितो स्वरुप केही नगर्न समेत आग्रह गरेको छ । त्यसलाई वेवास्था गरि कोहि कसैले बिक्रि वितरण गर्न खोजे कार्वाहि गर्ने चेतावनी दिदै सोबाट उत्पन्न परिस्थितीको जिम्मेवार स्वयम हुने मोर्चाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ