युवा संगठन चितवनका संयोजक पार्टीबाट निलम्बन, ललितपुरका थापालाई नेकपाले गर्यो कार्वाहि

युवा संगठन चितवनका संयोजक पार्टीबाट निलम्बन, ललितपुरका थापालाई नेकपाले गर्यो कार्वाहि

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

ललितपुर, ११ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले चितवन र ललितपुरका दुई जना कार्यकर्तालाई पार्टी नीति विपरित काम गरेको भन्दै निलम्बन र निस्कासन गरेको छ ।
चितवनका सेक्रेटरी ध्रुबले शुक्रवार बिज्ञप्ती निकालेर नेकपाको जनवर्गिय संगठन युवा संगठन, नेपाल चितवनका संयोजक किरणलाई पार्टी नीति विपरित काम गरेकोले पार्टीको कुनै तहमा नरहनेगरी निलम्वन गरेको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ, दलाल संसदीय व्यावस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यावस्था स्थापना गर्ने लक्ष राखि संघर्षरत हाम्रो पार्टी श्रमिक र उत्पिडित जनताको पार्टी हो । अहिले पार्टीले सन्चालन गरेको संगठन सुदृणिकरण तथा विस्तार अभियान २ मा सबै नेता कार्यकर्ता सक्रिय रुपमा सहभागी छन् तर संयोजक किरणले अभियानकै क्रममा पार्टिको निति विपरित कार्य गरेकाले कुनै तहमा नरहनेगरी निश्कासन गरेको जानकारी गराउदछौ ।

यता ललितपुरकार विल्ला सचिवालय सदस्य वलराम राना पनि कार्वाहिमा परेका छन् ।पार्टीको सांगठनिक, सांस्कृतिक र आर्थिक अनुशासन एवं मान्यता विपरित गम्भिर कमजोरीहरु गरेकाले पार्टीबाट निश्कासन गरिएको जिल्ला सेक्रेटरी पिपिनद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ