उपत्यकामा राँगाे आतंकः मर्निङवाकमा निस्किएका महर्जनलाई हानेर मार्याे

उपत्यकामा राँगाे आतंकः मर्निङवाकमा निस्किएका महर्जनलाई हानेर मार्याे

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

११ फागुन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका महर्जनलाई शनिबार बिहान राँगोले आक्रमण गर्दा मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियाे । राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरे पनि नसकेपछि प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ ।

राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुलेको छैन । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो ।

मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले बेला-बेलामा दुःख दिने गरेका छन् । २०७१ मंसिर महिनामा बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई  प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी २०७३ असार महिनामा पनि वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितन्डा मचाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ