विश्वकर्मालाई फसाउन सुनियोजित रुपमा हातहतियार र खरखजाना मुद्दा सिर्जना गरिएको अखिल क्रान्तिकारीका एक नेताले बताए । यसरी शान्तिपूर्णरुपमा जनपक्षीय कार्यमा लागिरहँदा आफ्ना नेतालाई झुठा मुद्दामा फसाए त्यसको नतिजा गम्भीर हुने उनले चेतावनी दिए ।
कोषाध्यक्ष विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा हुन् ।
सरकारले राजनीतिक प्रतिशोध साँध्न उनका छोरालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउन खोजेको र यो स्वयम् सरकार र सत्तासीन दललाई आत्मघाती हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।