बझाङमा साईकलबाट लडेर एक बालकको मृत्यु

बझाङमा साईकलबाट लडेर एक बालकको मृत्यु

  • शुक्रबार, फाल्गुन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

गणेश विक/ बझाङ, १० फागुन ।

बझाङमा साईकलबाट लडेर एक बालको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको थलारा गाँउपालिका वडा नम्बर ६ नुवाका गणेश सुनारका १४ बर्षिया छोरा सञ्जयको मृत्यु भएको छ ।

जिल्लाको थलारा माध्यामिक विद्यालयको बार्षिक उत्सव कार्यक्रम हेरेर घर फर्कने क्रममा उनको भीरबाट साईकल खसेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

उनको घटनास्थलममै मृत्यु भएको हो । साइकलको पछाडि बसेका अर्का बालक किरण सुनारको हातमा गम्भीर चोट लागेको छ । अहिले प्रहरीको टोली घटनास्थलतिर गएको जिल्ला प्रहरीले कार्यालय बझाङले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ