काठमाडौ, १० फागुन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट काठमाडौ–दैलेख जनगणतान्त्रीक सम्पर्क समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौंको सामाखुसिमा आज शुक्रवार सम्पन्न सम्मेलनले प्रेम बिकको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश थापा , सचिव पृथ्वी थापा र कोषध्यक्षमा लोकेश नेपाली चयन भएका छन् ।
समितिका पूर्व अध्यक्ष प्रकाश तिरुवाको सभापतित्वमा सम्पन्न सम्मेलनको प्रमुख अथिति जनगणतान्त्रीक समन्वय समितिका केन्द्रिय उपाध्यक्ष सुरेश अधिकारी रहेका थिए । अधिकारीले नया कार्यसमितिलाई शुभकामना दिदैँ दैलेखबाट काठमार्डौ आएर बसोबास गर्ने दैलेखिहरुलाई एकैठाँउमा उभ्याउन र सबैसँग हातेमालो गर्दै जनताको अधिकार प्राप्तिको लर्डामा गोलबद्ध हुन आह्वान पनि गरे ।
सम्मेलनमा जनगणतान्त्रीक समन्वय समितिका सचिव पूर्ण श्रेष्ठ लगायतको पनि उपस्थिती थियो ।
