सर्गम श्रेष्ठ/विर्तामोड, ७ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्ला सदस्य देवि उप्रेतीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलले आज बिज्ञप्ती निकालेर सोमबार दिंउसो सुरुङ्गा बजारबाट गिरफ्तार गरिएका उप्रेतीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
उप्रेतिलाई आज जिल्ला प्रशासन कार्यलय झापाले अभद्र व्यवहार गरेको भन्दै ३ दिनको म्याद थपेर इलाका प्रहरी कार्यलय बिर्तामोडको हिरासतमा राखिएको छ ।
उप्रेतिलाइ अबिलम्ब रिहा नगरिए परिस्थिती गम्भीर हुने चेतावनि दिदै बिज्ञप्ती मार्फत बिना कारण राजनीतिक आस्थाकै आधारमा कसैलाई पक्राउ नगर्न आग्रह समेत गरिएको छ ।
सुराकी र सड्यन्त्रकारिको फेहरिस्त क्रान्तिकारीहरु संग रहेको भन्दै समय आएपछी उचित कारबाही गरिने समेत बिज्ञपतीमा चेतावनी दिईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline