‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

  • सोमवार, फाल्गुन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ६ फागुन। 

श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक स्पोर्टस् क्लबविरुद्ध भगवतीका दर्शनले ह्याट्रिक गरेका हुन् । दर्शनको ह्याट्रिकसँगै जारी ‘बी’ डिभिजन लिगमा दोस्रो ह्याट्रिक पूरा भएको छ ।

दर्शनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेका थिए । दर्शनले पहिलो हाफको २४, ३६ र दोस्रो हाफको ६७ मिनेटमा गरी ह्याट्रिक पूरा गरे । अर्काे गोल खेलेको अतिरिक्त समयमा गरे । यसअघि टुसाल युथ क्लबका एलन राईले ह्याट्रिक गरेका थिए ।

दर्शनको ह्याट्रिकसँगै ‘बी’ डिभिजन लिगमा भगवतीले दोस्रो जीत निकाल्दै पुल्चोकलाई ६–० गोल अन्तरले पराजित गरेको छ । भगवतीका लागि दुई गोल आजको जीतसँगै तालिकामा छ अङ्क जोडेको छ । त्यसैगरी कार्लोस बखरियाले २६आँंै र मोहनबहादुर थापामगरले ८१औँ मिनेटमा एक–एक गोल गर्दै भगवतीलाई ६–० को अग्रता दिएका थिए ।

यसैबीच आजै भएको अर्को खेलमा आरसिटी र ब्वाइज युनियन क्लबले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ब्वाइजका आकाश राईले ५१औँ मिनेटमा पहिलो गोल गरे । आरसिटीका नवराज गुरुङले ८६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । लिगमा ‘बी’ डिभिजनका १२ क्लब सहभागी छन् ।

लिगको विजेता टोलीले रु आठ लाख, उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ