काठमाडौं, फागुन ६ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेलले आधुनिकताको नाममा भित्रिएको विकृति विसंगतिका कारण महिलामाथि हिंसा हुने गरेको बताउनु भएको छ ।
आइतबार विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आयोजना गरेको मिसन साहसी कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै उहाँले विकृति विसंगतिका कारण बढदो हिंसा न्युनिकरण गर्न प्रत्येक व्यक्ति आफै सचेत रहनु पर्ने बताउनु भयो ।
सह– संगठन सचिव कंडेलले महिलाहरुलाई आफू माथि भएको हिंसा सहेर नबस्न र अरु माथि भएका अत्याचार र हिंसाको पनि खुलेर प्रतिरोध गर्न आग्रह गर्नु भयो । पछिल्लो समय मानिसले इमान्दारिता सहनशीलता र नैतिकता विर्सदै गएका कारण दूव्र्यवहारको घटना बढेको बताउदै उहाँले पाठ्यपुस्तकमा पनि नैतिक शिक्षा राख्नु पर्नेमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline