आफ्नो रक्षाका लागि आफै सक्षम हुनु जरुरी : छात्रा प्रमुख श्रेष्ठ

आफ्नो रक्षाका लागि आफै सक्षम हुनु जरुरी : छात्रा प्रमुख श्रेष्ठ

  • सोमवार, फाल्गुन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, फागुन ६ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय छात्रा प्रमुख एव अभियान संयोजन समितिको संयोजक भगवती श्रेष्ठले मुलकमा पछिल्लो समय बढदै गइरहेको महिला हिंसा, बलात्कार हत्या, यौन–दुव्र्यवहार जस्ता घटनाहरुको न्युनिकरणको पहलस्वरुप विद्यार्थी परिषद्ले मिसन साहसी अभियान सञ्चालन गरेको बताउनु भएको छ ।

आइतबार विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आयोजना गरेको मिसन साहसी कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै छात्रा प्रमुख श्रेष्ठले छात्राहरु आफैमा सबल सक्षम भए पनि मुलुकमा बढदो घटनाहरुका कारण उनीहरुको आत्म–विश्वास गिरेकाले आत्मरक्षा गर्न नसकिरहेको अवस्थामा यस कार्यक्रम सार्थक भएको उल्लेख गर्नुभएको हो ।

संयोजक श्रेष्ठले प्रत्येक नारी आत्मरक्षाका लागि सबल सक्षम हुनु भनेकै मुलुक सशक्त हुनु भएको धारणा राख्नु भयो । सम्पूर्ण नारीहरुले आफ्नो आत्मसम्मान र आत्मरक्षाको लागि यस्ता प्रकारका तालिम लिएर व्यवहारमा उर्तान थालेमा निर्मला पन्तको जस्तो अवस्था सृजना नहुने समेत बताउनु भयो ।

निर्मला पन्तले न्याय नपाउनु भनेकै सम्पूर्ण नारीहरुले न्याय नपाउनु भएको भन्दै उहाँले निर्मलाई लाई न्याय दिन र सम्पूर्ण नारीहरुले न्याय पाउने वातवरण सिर्जना गर्न मिसन साहसी आवश्यक भएको बताउनु भयो ।

कतिपय घटनाहरु आफ्नै बानी व्यवहारको कारणले पनि निम्तिने भन्दै उहाँले आफ्नो बानी व्यवहारमा पनि एकरुपता ल्याउनु पर्नै बताउनु भयो । मिसन साहसी नामक कार्यक्रमले छात्राहरुमा आत्मविश्वास बढनुका साथै उनीहरु आत्मरक्षाका लागि पनि शारीरिक एवं मानसिक रुपमा मजबुद भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ