रुपन्देही तिलोत्तमा गोल्डकपमा च्यासल युथ क्लब र सिएमजी सङ्कटाबीच प्रतिस्पर्धा हुने 

रुपन्देही तिलोत्तमा गोल्डकपमा च्यासल युथ क्लब र सिएमजी सङ्कटाबीच प्रतिस्पर्धा हुने 

  • सोमवार, फाल्गुन ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

रूपन्देहि, ६ फागुन। 

रुपन्देहीमा आयोजित २१औँ तिलोत्तमा गोल्डकप ‘नकआउट’ फुटबल प्रतियोगिताअन्तर्गत सोमबार च्यासल युथ क्लब र सिएमजी सङ्कटा क्लबबीच खेल हुदैछ । यसअघि आइतबार आयोजक लाली रुपन्देही–११ ले सेमी फाइनलमा स्थान सुरक्षित बनाएको छ ।

बुटवलको एन्फा एकेडेमीमा भएको खेलमा सुनसरी–११ लाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित पार्दै लालीले अन्तिम चारमा स्थान बनाएको हो । सुनसरीका उमेश राईको प्रहार बाहिरियो भने रुपन्देहीका युवा स्ट्राइकर निशान्त ढुङ्गानाको प्रहारले जाली चुमेसँगै रुपन्देही विजेता घोषित भएको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भएको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सुनसरीका रोशन भुजेल, जीवन राजधामी र क्याप्टेन तीर्थ बस्नेतले गोल गरेका थिए ।

रुपन्देहीका लागि विदेशी खेलाडी रामजी, कुलदीप कार्की र विश्वास श्रेष्ठले गोल गरेका थिए । सुनसरीका मनिन्द्र याक्चाको प्रहार बाहिरियो भने दीपेन तामाङको प्रहारलाई रुपन्देहीका गोलकिपर किशोर गिरिले रोकिदिएका थिए । रुपन्देहीका अनुप गुरुङ र किशोर गिरीको प्रहारलाई सुनसरीका गोलकिपर पूर्ण चेम्जोङले राकिदिएका थिए ।

खेलमा विजयी टोलीका विदेशी खेलाडी रामजी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद १० हजार र कपबाट पुरस्कृत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ