‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न आग्रहः माइतीघरमा घन्कियो गित, पशुपति शर्मा भन्छन्- ‘फोन आएपछि आत्तिएर हटाएँ’

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न आग्रहः माइतीघरमा घन्कियो गित, पशुपति शर्मा भन्छन्- ‘फोन आएपछि आत्तिएर हटाएँ’

  • आइतवार, फाल्गुन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

६ फागुन, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले ‘लुट्न सके लुट..’ गितलाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा हाल विवादित बनिरहेको गीतका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि उपस्थित थिए ।

बैठकपछि जारी गरिएकाे प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुन:स्मरण गराएको छ ।

बैठकमा उनले आफुलाई एक दुईवटा फोन आएपछी युटुबबाट उक्त गित हटाएकाे जानकारी गराएका थिए । पशुपतिले बैठकमा राखेकेा कुरा उललेख गदै बैठकमा सहभागीले भने, एक दुइवटा फाेन अायाे,  राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

उनले यसअघि पनि फेसबुकमा  गितमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए ।शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत सत्ता समर्थक व्यक्तिहरुको धम्कीका कारण शर्माले हटाएका थिए ।

यसैबीच, पशुपति शर्माको विवादमा परेको गीत ‘लुट्न सके लुट’ आइतबार माइतीघर मण्डलामा बजाइएको छ । स्वतन्त्र युवाको नाममा गरिएको कार्यक्रममा उक्त गीत बजाएर नाचगान गरिएको थियो ।

त्यसबाहेक उपस्थित युवाले सरकारको आलोचनामा विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी