काठमाडाैं महानगरपालीका फेरी डेरा सर्दै, पूर्वएमाले सांसद तामाङको सीटीसी मल भाडामा लिने तयारी

काठमाडाैं महानगरपालीका फेरी डेरा सर्दै, पूर्वएमाले सांसद तामाङको सीटीसी मल भाडामा लिने तयारी

  • शनिबार, फाल्गुन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

४ फागुन, काठमाडौं । डेरा सर्नुकाे दुःख काठमाडाैमा बसेका डेरावाला नागरिकलाइ मात्रै हैन, स्वयम काठमाडाैं महानगरपालिकालाय समेत छ । किनकि फेरी महानगरले डेरा सर्ने तयारी थालेकेा छ । हुन त काठमाडौं महानगरपालिका नेपालको केन्द्रीय शहर तथा मुलुककै पहिलो महानगर हाे । तर पनि महानगरको आफ्नै भवन नहुनु दुखद हो । बसोबासका हिसाबले पनि ठूलो जनघनत्व रहेको महानगरपालिकाको सेवा चुस्त दुरुस्त हुन जरुरी छ । तर, विडम्वना के छ भने महानगरपालिकासँग आफ्नै कार्यालय भवनसमेत छैन ।

भाडामा रहदै अाउकाे महानगरले फेरी भाडाकै भवन खाेजेकेा छ ।

एकीकृत सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई सास्ती भइरहेकाे भन्दै व्यापारिक प्रयोजनमा बिक्न नसकेको बागदरबार छेउको सीटीसी मलमा काठमाडौं महानगरपालिको कार्यालय सार्ने तयारी गरेकेा छ । घरजग्गा व्यवसायी तथा पूर्वएमाले सांसद इच्छाराज तामाङको सीटीसी मल पूरै भाडामा लिएर कार्यालय सञ्चालन गर्ने तयारी भएका महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

काठमाडाै महानगरपालीकाकाे कार्यलयहरू अहिले बिभिन्न स्थानमा छरिएर रहेका छन् । तर अब साे भवन भाडामा लिएर सबै कार्यालयहरु सर्नेछन् र त्यहीँबाट सेवा दिने छन् । त्यहाँ नअटेका केही विभाग, परियोजना, इकाईलाई जेडिए कम्प्लेक्समा राख्ने तयारी छ ।

सीटीसी मल भएको ९ तलाको भवन हाल व्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएको छ । घरभाडामा लिन बुधबारको गोरखापत्रमा सार्वजनिक सूचना समेत प्रकाशन गरेको महानगरपालिकाले सीटीसी मलसँग ‘फाइनल डिल’ गरिसकेको स्रोतले बतायाे । सीटीसी मलका मालिक तामाङले पनि भवन काठमाडौं महानगरपालिकालाई भाडामा कुराकानी भइरहेको पुष्टि गरेका छन् ।

विगतमा काठमाडौं महानगरपालिकाको कार्यालय हाल अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालय रहेको टंगालको भवनमा थियो । तर, उक्त भवन पनि जीर्ण हुँदै गएपछि सरकारले सट्टामा महानगरपालिकालाई बागदरबार दिएको थियो । अहिले टंगालमा अख्तियारको भव्य महल बनिसकेको छ । महानगरपालिका भने कार्यालयविनाको कंगाल बनेको छ ।

भूकम्पले बागदरबारमासमेत क्षति पुर्‍याएपछि महानगरपालिकाले केही समय राष्ट्रिय सभागृहबाट सेवा दिन थालेको थियो । सरकारले राष्ट्रिय सभागृह कार्यालय प्रयोजनका लागि प्रयोग नगर्न भनेपछि जेडीए कम्प्लेक्स र अन्य स्थानहरु भाडामा लिएर विभागीय कार्यालय स्थापना गरेको महानगरपालिकाका प्रवक्ता डंगोल बताउँछन् ।

हाल महानगरपालिकाका १३ विभागअन्तर्गतका कार्यालयहरु ७ ठाउँमा छन् । महानगरपालिका अन्तर्गतका सबै विभागीय काम ०७२ सालको भूकम्पअघिसम्म सुन्धारास्थित बागदरबारबाटै हुँदै आएको थियो । तर, भूकम्पले बागदरबारमा क्षति पुर्‍याएपछि महानगरपालिकाले विभिन्न स्थानमा कार्यालयहरु सारेको हो ।

बागदरबार आडैको जेडीए कम्प्लेक्सका दुईवटा फ्ल्याट महानगरपालिकाले भाडामा लिएर सेवा दिँदै आएको छ । महानगरका मेयर, उपमेयरसहितको कार्यकक्ष सोही कम्प्लेक्समा छ ।

बागदरबार र जेडीए कम्प्लेक्स बाहेक महानगरपालिकाको सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा छ ।महानगरको वातावरण विभाग टेकुमा छ । वातावरण विभागले भूकम्प जानुअघिदेखि नै टेकुबाटै सेवा दिँदै आएको छ ।

यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखा साविकको कर कार्यालय रहेको बबरमहलको भवनमा छ । महानगरपालिका अन्तर्गतका अन्य केही काम राष्ट्रिय सभागृहबाट समेत हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ