बझाङमा जिपको ठक्करबाट बालकको ज्यान गयो

बझाङमा जिपको ठक्करबाट बालकको ज्यान गयो

  • शनिबार, फाल्गुन ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

गणेश विक/बझाङ, ४ फागुन ।

जिपको ठक्करबाट १० वर्षीय बालकको मृत्यु भएपछि चैनपुर-ताक्लाकोट सडकखण्ड तानवग्रस्त बनेको छ । शुक्रबार बेलुका सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिका जाँदै गरेको से१ज ६६४० नम्बरको जिपले ठक्टरबाट तल्कोट गाउँपालिका २ किथ्थु कुँवरका छोरा १० वर्षीय महेश कुँवरको मृत्यु भएपछि तनावग्रस्त बनेको हो ।

घटना लगत्तै जिप चालक नरेश बोहरा फरार रहेको जनाइएको छ । चालकको लाइसेन्ससमेत नभएको बुझिएको तल्कोट गाउँपालिका २ का वडा अध्यक्ष अक्कल बहादुर कुँवरले बताए ।

वडा अध्यक्ष कुँवरकाअनुसार आक्रोसित स्थानीयले जिप तोडफोड गर्न खोजे पनि आफूले जोगाएको बताए । अध्यक्ष कुँवरका दाई किथ्थु कुँवरमा मृतक छोरा साइला हुन् ।

घटनापछि चैनपुर-ताक्लाकोट सडकखण्ड स्थानीय बासिन्दाले बन्द गरेका छन् । शव सडकबाट उठाएका छैनन् । जिप चालक र साहुलाई घटना स्थलमा ल्याउनु पर्ने माग स्थानीयले राखेको प्रहरीले जनाएको छ ।

यता वडा अध्यक्ष कुँवरकाअनुसार घटना स्थलबाट नै जिप साहु र चालकले नै आएर आफ्ना छोराको दाहसंस्कार गरिदिनु पर्ने माग आफ्नो रहेको बताए । घटना स्थलमा शशत्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ