गणेश विक/३ फागुन, बझाङ ।
बझाङमा एक बालक नहरमा डुवेर मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ बस्ने जनक मन्डेलका अढाइ बर्षका छोरा सक्षम मन्डेलको जयपृथ्वी नगरपालिकामा शुक्रबार बिहान साढे ११ बजे सिचाइ कार्यालय नजिक रहेको नहरको पानीमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर नैन बहादुर साउदले जानकारी दिए ।
सदरमुकाम नजिक देवलमा मृतकको परिवार बस्दै आएको प्रहरीले जनाएको छ । पानीमा डुबेका बालकलाई जिल्ला अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इन्स्पेक्टर साउदले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline