हिरो गोल्डकप फुटबलको उपाधि भिडन्त आज, नेपालको आँखा उपाधिमा

हिरो गोल्डकप फुटबलको उपाधि भिडन्त आज, नेपालको आँखा उपाधिमा

  • शुक्रबार, फाल्गुन ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं, ३ फागुन । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलको फाइनल खेल आज हुँदै छ । नेपाली महिला टोलीले आज शुक्रबार म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ। चार टोली सहभागी गोल्डकपमा नेपालले लिग चरणको उपविजेताका रूपमा फाइनलमा स्थान बनाएको हो।

तीन खेलमा नेपालले दुई जित र एक हार आत्मसात् गरेको थियो। म्यानमार सबै खेल जितेर समूह विजेता बन्दै फाइनलमा पुगेको थियो। लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले बलियो टोली इरानलाई ३–० गोलले हराएको थियो। अर्को खेलमा म्यानमारले आयोजक भारतलाई २–० गोलले हराएपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो। पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको थियो।

फाइनलमा नेपाललाई म्यानमारसँग लिग चरणमा भोगेको हारको बदला लिने राम्रो अवसर पनि जुरेको छ। नेपालले दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले पराजित गरेको थियो। सिनियर महिला टोलीले भारतलाई हराएको यो नै पहिलोपटक हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ