तेह्रथुमको आङ्दिङमा मनायाे नेकपाले जनयुद्व दिवस, विराटनगरकाे पुष्पलाल चाेकमा दीप प्रज्वलन

तेह्रथुमको आङ्दिङमा मनायाे नेकपाले जनयुद्व दिवस, विराटनगरकाे पुष्पलाल चाेकमा दीप प्रज्वलन

  • बिहिबार, फाल्गुन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

तेह्रथुम।

तेह्रथुम जिल्लाको छथर गाउपालिका,आङ्दिङमा नेपाल कम्युनिस्ट पार्टीले २४ औ जनयुद्ध दिवस भब्यरुपमा मनाइएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा संगठन सुदृढीकरण तथा बिस्तार अभियान -२ का टोलि प्रमुख आधार प्रमुख अतिथि रहेको कार्यक्रमको सभापति तेह्रथुम इन्चार्ज कमलाले गरेकी छन भने संचालन तेह्रथुमकै सचीव मनुले गरेकी थिइन् ।

आन्दिङ गाउको सरस्वती मा.बिको प्राङ्गणमा भएको कार्यक्रममा पार्टीका कोशी ब्यूरो सदस्यहरु आकाश र अभियान टोलिका सदस्य तथा सोलु इन्चार्ज त्रिलोचनले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा केन्द्रिय सामना सास्कृतिक परिवारका कलाकारहरुले गित तथा नित्य प्रस्तुत गरेका थिए ।

२४ औ जनयुद्ध दिवसको प्रमुख अतिथी रहेका आधारले जनयुद्धको बलबाट सामन्ती राजतन्त्रको अन्त्य भएको स्मरण गर्दै भने, ‘अब छिट्टै एकीकृत जनक्रान्तिले जनताको परिवर्तनको बाधक दलाल पुजीवादी संसदिय व्यवस्थाको जरा उखेलेर फाल्ने र बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने छाै ।’

सोहि  कार्यक्रममा बाेल्दै आधारले “प्रचण्डले बिजयको नजिक पुगेको जनयुद्धलाई बिसर्जन गराएर जनतालाइ गम्भीर धोका दिएर भागेको आरोप लगाए ।

उक्त कार्यक्रममा  प्रहरीले हस्तक्षेपकाे समेत प्रयास गरेकेा थियाे । कार्यक्रमकाे अन्तिममा अाइपुग्दा  प्रहरी प्रशासनबाट खटिएको टोलिले सामनाका कलाकारहरुको झोला खानतलासी गरि लत्ता कपडा र सामनहरू फालिदएर  निकृस्ट ब्यवहार देखाएको भन्दै नेकपाले बिराेध जनाएकाे छ ।

सइ पर्शुराम गिरि नेतृत्वमा आएकाे टाेलीले माथिकाे  आदेश भन्दै झाेला सर्च गरेकेा  कोशी ब्युरो सदस्य डिबि सिलवालले जानकारी दिएका छन् । शान्तिपूर्ण कार्यक्रममा आएर त्रासपुर्ण क्रियाकलाप गरेकेा भन्दै पार्टी केन्द्रिय सदस्य अाधारले बिराेध गरेका छन् ।

उता मोरङको बिराटनगर पुस्पलाल चोकमा दीप प्रज्वलन गरिएको छ भने अन्य विभिन्न ठाउँमा २४ औ जनयुद्व दिवस भब्य रूपमा मनाऔ लेखिएका ब्यानर टागिएको नेकपा मोरङले जनाएको छ ।
पुस्पलाल चोकमा भएको कार्यक्रममा जिल्ला इन्चार्ज प्रज्वल, सेक्रेटरी नबरज भट्टराई , युवाका सचिवालय सदस्य कुमार खतिवडा , बिध्यार्थी सचिवालय सदस्य सदस्य नबराज नेपाल , बिराटनगर महानगर सेक्रेटरी लगायतका उपस्थित थिए ।
कोण सभामा बोल्दै सेक्रेटरी भट्टराईले प्रचण्ड बाबुरामले धोका दिए पनि पार्टीले जनताको मुक्तिका लागी लडिरहेको बताए । कार्यक्रममा नाराबाजी समेत गरिएको थियो । उता सुनसरीको पनि धरानमा दीप प्रज्वलन गरिएको सेक्रेटरी पुस्प कोइरालाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ