“कल्पनाको संघारमा रुमलिदै छ भ्यालेन्टाइन डे’’

“कल्पनाको संघारमा रुमलिदै छ भ्यालेन्टाइन डे’’

  • बिहिबार, फाल्गुन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

विगत ४ वर्ष देखिको त्यो कल्पनाको प्रेमको संघारलाई न त उब्जाउन नै सके न त गुबजगाउन नै । दिलको अन्तर गुन्दबाट निस्कन्छ प्रेमका संघार र शाहिरीहरु । प्रेम यस्तो अजिव चिज रैछ, नशा नशा विल्झने विष रैछ । प्रेम त दुनियाँ भुलाई सत्य र साँचोलाई झुटमा परिणत गर्न खेल पो रैछ ।

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे रेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईको लागि उपयुक्त दिन १४ फ्रेबु्रअरी हुन सक्छ । मित्र मनको गीत हुन्छ, बुझ्न सके माया नै जिन्दगी भरको प्रित हुन्छ । कोही आए पलभरको माया दिएर गए, कोही आए जिन्दगी भरको हाँसो लिएर गए । त्यस्तै यस्तैलाई पो भनिने होकि भ्यालेन्टाइन डेको परिभाषा दिएर गए ।

तेस्रो शताब् दीको अन्ततिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को इतिहास आज विश्वभर मनाउने प्रचलनको आरम्भ भएको छ । प्रेमिलको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमी प्रेमीकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवा–युवतीमा समेत जरो गाडी सकेको छ ।

देश र संस्कृतिको सीमा नाध्दै नेपाली युवा–युवती माझ लोकप्रियता पाएको छ । प्रेमी प्रेमीकालाई मन पर्ने उपहार, फुल कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । प्रेम जिन्दगीको एक हिस्सा हो जो हामीले हरपल पाउने गर्छौ । अरुको खुशी मार्न चाहनन, पे्रमका लागि दुनियाँ सामु हार्न चाहन्न । प्रेम वास्तविकता र यर्थाथको संघार हो झै लाग्छ मलाई जसको कल्पना नै साहनुभुतितोको हुन्छ । सर्च इन्जिन गुगल खोजमा भ्यालेन्टाइन डे खर्च गर्दा १७ करोड ३० लाख भन्दा बढी नतिजा देखाउँछ । लाखौं पेजमा मायाको परिभाषा दिइएको हुन्छ । प्रेमको परिभाषा जति गरे पनि अपुरो नै हुन्छ ।

माया प्रेमलाई परिभाषामा बाध्न सकिदो रैनछ । विगत ४ वर्षदेखिको त्यो प्रेमको संघारले बताइसकेको छ । प्रेमको कल्पनामा डुवी जीवन जिउनुको कालखड पनि हासँस्पद नै हुँदोरहेछ । एकतर्फी प्रेमको संघार पनि मिठास हुदोरहेछ । क्या गज्जव छ बा । प्रेमको संघार र भित्री मनमा फुरेका साहिरीहरु पनि ।

आज भोलीका युवार्गहरुले माया प्रेमलाई जुन कोणबाट हेर्छन, त्यही अनुसारको अनुभुति गर्छन् । अहिलेको युवावर्गले जमात भौतिक नजरले हेर्छ, त्यसैले उपहारमा साट्छ माया र त्यसैमा कल्पना र अनुभवको अनुभुति गर्छ । सबै पीडाहरु बाहिरी आँखाले देख्न सक्ने कहाँ हुन्छन् र ? भित्री भावनाहरु बुझ्नु नै त प्रेम रहेछ । मान्छेहरु मनको तारिफ गरेर रुपको पछि लाग्छन् । तर सच्चा प्रेम त त्यो रहेछ कुरुप रुपको तारिफ गर्दै चोखो माया पाउने गर्छन् ।

भ्यालेन्टाइन डेलाई प्रेम पर्व मात्र नमानेर समग्रमा यस दिन नै प्रेममय बनाउनु पर्छ भन्ने गरिन्छ । त्यसैले यो प्रेम दिनलाई आफ्नो प्रियजनलाई प्रेमीले उपहार दिनु वा शुभकामना व्यक्त गर्नु पनि प्रेम दिवसको मान्यता हो । भ्यालेन्टाइन डेको दिनमा रातो गुलाफको फुल दिएर प्रेम प्रस्ताव गरिन्छ । यदि फुल स्वीकार गरेमा प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक पनि मानिन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेमभरा दिन बनाउनको निम्ति सामाजिक संजालमा पनि व्यापक प्रयोग हुने गरेको छ ।

लेखकः उत्सव बजगाई

प्रेम दिवसलाई विश्वभरी नै सप्ताहकै रुपमा साताभरी मनाउने गरिन्छ । जसमा सप्ताहको पहिलो दिन रोज डे, दोस्रो दिन प्रयोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेडि डे, पाँचो दिन प्रमिस डे, छैटौं दिन हग डे, साँतौं दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ । भ्यालेन्टाइन डे सन् २६९ को फेब्रुअरी १४ तरिखका दिनदेखि मनाउन थालिएको हो । यदी बुझाई अनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् । फेबु्रअरी १४ नै प्रेम दिवस अर्थात प्रेमी प्रेमीकाको प्रेम साटा साट गने विशेष दिन बन्दै गएको छ विशेष गरी फेबु्रअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । संसार उसैले जितेको हुन्छ । जसले प्रेमका लागि आशु पिएर पनि हास्न जानेको हुन्छ । भनिन्छ प्रेम आफैमा एउटा रङ्गिन अनुभुति हो ।
प्रेम नै संसारको सृजना हो । प्रेमले नै संसारलाई सुन्दर बनाउँछ । संसारमा प्रेम नरहेको दिन मानव सभ्यता अन्त हुनेछ । संसारका सबै मानिस कहि न कहि प्रेम खोजिरहेका छन् । प्रेम गरिरहेका छन् । प्रेममा चलिरहेका छन् । प्रेम सबैको आकांक्ष हो,लक्ष्य हो, सपना हो, कल्पना हो । मानव मृत्यु पर्यान्त प्रेमको भोको हुन्छ । पे्रम वा प्रणय मानव जतिको कहिल्यै नमिटिने तिर्खा वा भोक हो । त्यसैले प्रेमको अर्को पाटो पीडा पनि हो । म यहाँ कल्पनाको संघारमा रुम्लिदै गरेको भ्यालेन्टाइन डे को कुरा गरिरहेछु । युवा युवती र प्रेमी प्रेमिकाहरुका लागि प्रतिक्षित दिन हो । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । अन्य बेलामा आफ्नो मनको कुरा भन्न नसकेका युवा – युवतीहरुका निम्ति प्रेम प्रस्ताव राख्ने उपयुक्त दिन हो । भले त्यो स्वीकृत, अस्वीकृत जे होस् । यसदिन आफूले मन पराएकोलाई प्रेम प्रस्ताव राख्नु अन्यथा मानिन । पुरानै प्रेमि– प्रेमीकाहरुका लागि पनि नयाँ ढंगबाट प्रेमलाभ गरेर फरक महसुस गर्न दिन हो भ्यालेन्टाइन डे । भ्यालेन्टाइन डे प्रेम दिवस मात्र नभई दुःखद कहानी बोकेको दिवस पनि हो । प्रेम सम्झदारी समर्पण, इमानदारिता, विश्वास र प्रवित्रताको प्रतिक हो । यी कुरा भएन भने प्रेम अर्थहिन हुन्छ । भ्यालेन्टाइन डे पक्कै आयातित संस्कृति हो ।
तर यसको सन्देश गलत छैन अहिले विश्व एउटा गाउँमा परिणत भइरहेको बेला सो सबै जाति वर्ग, लिङ्ग, सभ्यता र धर्मको साझा दिवस भएको छ । त्यसको स्वीकार नगर्ने सचेत वर्ग कमै होलान् । यसको सकारात्मक पक्षलाई लिऊँ । भद्दा नक्कल नगरौं । सो दिनले धेरै मनहरुबीचको पर्खाल भत्काउँछ । सिमा रेखाहरु मेटाउँछ र दुई मुटुलाई एकाएक गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ । प्रेगनेन्सीको सकसपूर्ण लेवर स्टेज जस्तै रोजडो प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे पार गरेर आइपुग्यो भ्यालेन्टाइन डे । प्रेम लाली छरेर … खुशीको दाली भरेर थ्रिल र रोमान्साको डबल मज्जा एकसाथ बोकेर …
माया त यस्तो होस् … नङ्ग र मासु जस्तो … आँखा र आसु जस्तो । हजुरहरुको भ्यालेन्टाइन डे शुभ रहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी