पूर्वीकमाण्डले मनायो सर्लाहीमा २४औं जनयुद्ध दिवस, मधेसी मुक्ति मोर्चाको जिल्ला सम्मेलन सन्पन्न

पूर्वीकमाण्डले मनायो सर्लाहीमा २४औं जनयुद्ध दिवस, मधेसी मुक्ति मोर्चाको जिल्ला सम्मेलन सन्पन्न

  • बुधबार, फाल्गुन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

सर्लाही, १ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले आज सर्लाहीमा भव्यरुपमा २४औं जनयुद्ध दिवस मनाएको छ । जनकपुर ब्यूरोको आयोजना र मधेसी राष्ट्रिय मुक्ति मोर्चाको सहआयोजनामा जिल्लाको ईश्वरपुर नपा–६ सर्लाहीको बयलवास बजारमा दिवसको अवसरमा विशाल जनसभा सम्पन्न भएको हो ।

जनसभाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देवनारायण साहले दलाल संसदीय व्यवस्थाबाट मुलुक र नागरिकको समस्या समाधान नहुने बताए । नेता साहले तराई क्षेत्रबाट दलाल र भ्रष्टचारीलाई तह लगाइ छाड्ने बताउँदै एकीकृत जनक्रान्तिको महाअभियानमा सामेल भएर आफ्नो सत्ता आफैं खडा गर्न लामवद्ध हुन जनसभामा अपिल गरे ।

पूर्वीकमाण्डले आफ्नो भूगोल क्षेत्रभित्र सर्लाही र इलाममा मात्र खुला कार्यक्रम आयोजना गरेको थियो । बयलवासको जनसभामा विशेष अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्य निर्मल तथा अतिथिहरुमा सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेल, महोत्तरी जिल्ला ईन्चार्ज रुपेश, ब्यूरो सदस्य पवन लगायतको उपस्थिति रहेको थियो ।

विशेष अतिथि निर्मलले प्रचण्ड–बाबुरामले अलपत्र छाडेका अधुरो क्रान्ति पुरा गर्न नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यादिशासहित सडकबाट क्रान्तिको झण्डा बोकेर क्रान्तिको यात्रामा अघि बढेको बताए । जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद लागू नभएसम्म जनता र राष्ट्रको मुक्ति हुन नसक्ने प्रष्ट पारे ।

अतिथिहरुले महान जनयुद्धको २४औ. वर्षगाँठमा नेपाली जनता होमिरहेको बेला दस वर्षे जनयुद्धका तत्कालीन नेतृत्व प्रचण्ड शहरका होटल र कालो सिसाभित्रका कार्यालयमा गुलियो मिठाइ खाँदै रमाइरहेको बताउँदै। जनतालाई धोका दिएर मिठाइ खानेहरुलाई जनताले छुट नदिने र क्रान्तिको ज्वाराभाटाले डामेरै छाड्ने बताए ।

कमाण्डका अन्य जिल्लाहरुमा समेत विभिन्न कार्यक्रम गरी २४औं महान जनयुद्ध दिवस मनाएको पार्टी पिविएम तथा पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले जानकारी दिए ।

जनसभालाई स्वागत अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य प्रमिला थिङले गरेकी थिइन् । कार्यक्रम संचालन संचालन पदम सुनवारले गरेका थिए । विभिन्न जबसका नेताकार्यकर्ता तथा स्थानीय जनताको विशेष सहभागितामा भएको र्यालीपछि जनसभा भएको थियो ।

जनसभापछि आजै मधेसी राष्ट्रिय मुक्ति मोर्चाको सर्लाही जिल्ला कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न भेलाले ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जानकारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ