मेरो ख्यालमा त्यो २०५६ शाल थियो । म ११ बर्सको उमेरमा गांउको स्कुलमा कक्षा ६ मा पढ्दै थिए । कक्षाको उत्कृस्ट छात्र थिए म । त्यतिबेला मैले पढ्दै गरेको कक्षामा संस्कृत किताब पढ्नु पर्थ्यो । माओबादी आन्दोलनको प्रभाब सुरु भएको त्यो समय म माओबादी भन्ने बित्तिकै हुरुक्क भएर आकर्सित हुन्थे । भाटे कार्बाही, जुवाडे तासे, जड्याहा, दलाहा मिचाहा हरुमाथिको निरन्तर कार्बाहिले मेरो कलिलो दिमागको ध्यान खिचेको थियो । मेरो ख्यालमा म सामन्यत अरु दौतरी भन्दा भिन्न थिए अर्थात म आफुभन्दा ठुला युवाहरुको समिप्यता त्यतिबेला रुचाउथे । बुवा एमालेको कार्यकर्ता र सामाजिक सेवामा खटिएको ब्यक्ती भएकोले घरमा नेता कार्यकर्ता र राजनिती बुझेका हरुको आउने जाने भै रहन्थ्यो । बुवाहरुको छेउमा बसेर गफगाफ सुन्नु मेरो काम हुन्थ्यो । बुवा संमसदिय ब्यबस्थालाइ खसिको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भन्नु हुन्थ्यो , त्यो खसी र कुकुर सब्द मेरो कलिलो दिमागमा गडेको थियो । त्यसैले म पनि त्यसै भन्दै हिड्ने गर्थे । मेरो स्मरणमा यति कुरा ताजै छ ।
माओबादी बन्ने सपना थियो त्यो ११ बर्से कलिलो दिमागमा । म संस्कृत बिसयको उत्तर पुस्तिका जलाएर माओबादी बने छु । मिति याद छैन तर भोली पल्ट मेरो संस्कृत बिसयको परिक्षा थियो । तत्कालिन अखिल क्रान्तिकारिका केन्दृय सदस्य कटक साम्पाङ सग परिक्षाको अघिल्लो दिन भेट भयो । मलाइ गाउकै केहि माओबादी दाइहरुले भेट गराउनु भयो र बाल अखिलमा संगठित गर्नु भयो । म बाल अखिलको स्कुल इकाइ अधक्ष भए । र भोली पल्ट उत्तर पुस्तिका जलाउने कार्यक्रम छ भन्नु भयो सोहि अनुरुप भोली पल्ट मैले स्कुलमा गएर सरहरु संग उत्तरपुस्तिका मागे अनि चौरिमा ल्याएर जलाए । यसरी म माओबादी बने छु ।
यधपी अझै मलाइ माओबादी भएको छु जस्तो लाग्दैन थियो । किनकी माओबादीले पुलिस संग भिडन्त गर्नु पर्छ, दुश्मन लाइ मार्नु पर्छ भन्ने मलाइ परेको थियो र म त्यो अबस्थामा थिइन । समय क्रमले म गांउका अग्रज दाजु हरुको सामिप्यता सगै खबरिया र प्रचार प्रशारको सहयोगिको भुमिकामा भने सदैब थिए । सानै उमेर भए पनि त्यती काम म निक्कै बिबेकपुर्ण तरिकाले गर्थे, आज म यसरी सम्झछु त्यो समय ।
मेरो स्मरणमा गाउँ माओबादिको लाल किल्ला थियो । तुलसी नेपाल र कान्छा लाओती २ जना दाइहरु मलाइ असाध्यै मन पर्थ्यो । आज यी दुई दाइहरु एकजना केपि प्रचण्ड पार्टिको इलाम सचिब छन, अर्का दाइ संग सम्पर्क छैन । त्यो केटाकेटी दिमाग यि २ जनाबाट प्रभाबित थियो ।
झापा इलाम लगायत बिभिन्न ठांउका माओबादी नेताहरुको सेल्टर थियो हाम्रो गाउँ चुलाली बुकुवा । धेरै माओबादिको सेल्टर बनेको थियो मेरो घर । म सेल्टर लिन आउने नेताहरु संग सुत्ने गर्थे र जिंज्ञासु भएर मेरा बाल मानस्पटलका जिज्ञासाहरु तेर्साउने गर्थे । यसरी माओबादी संगको आत्मियता मेरो मुटु र कलेजो संगको सम्बन्ध जस्तो बनेको थियो । अर्थात मेरो दिमागले माओबादी आन्दोलनको प्रभाव बिस्तार र गतिबिधी भन्दा अरु बिसयमा ध्यानै दिन सकेको थिएन ।
त्यस्तै १३ बर्सको थिए, चुलाचुलिको बन रेन्जर पोस्ट जलाउने कार्यक्रम थियो । मलाइ दुश्मन मार्ने माओबादी बन्नु थियो । केटाकेटी छौ नजाउ तिमि भनेर ठुला दाइहरुले भन्दा भन्दै म जिद्दी भएर त्यो कार्यक्रममा सहभागि भए । आगो भन्दा पानी भन्नु है भन्ने कोड भासा थियो । म निक्कै आक्रमक भएको रैछु त्यो बेला, म भित्रै छिरेर डण्डिले जता पायो त्यतै हिर्काउदै थिए । त्यंहा टेवल, फर्निचर लगायतका स्टेसनरी संग सम्बन्धित बस्तुहरु थिए । ती सबैमा म आक्रमक भएर प्रहार गर्दै थिए डन्डिले । फर्केर कोण सभा भयो कोण सभामा २ राउण्ड हवाइ फायरिङ भयो ।
अर्को पटक बार्हगोठेमा प्रहरी चौकी जलाउनु थियो । फुच्चे केटाकेटिनै भएका कारण मेरो चाहना पुरा भएन मलाइ बिच बाटो बाटै फर्काए दाइ हरुले । मलाइ जान रोक लगाइयो, म बिधुवा खोला सम्म गएर फर्किनु पर्यो । मेरो मन निक्कै दुख्यो त्यति बेला । यसरी म माओबादी बन्दै गए । मैले चिनेका र म संगै सुतेका धेरै दाइहरुको शाहदत भयो । शाहदत भएको खबर समाचारबाट सुन्दा म रुने गर्थे । न रोऔं पनि कसरी रु म माओबादी र माओबादिका नेता कार्यकर्ता हरुलाइ आफ्नै परिवार ठान्थे र आफ्नो जिवन यहि आन्दोलनमा अडेको छ जस्तो लाग्थ्यो ।
यस्तै यस्तै गर्दा गर्दै संकटकाल लाग्यो । गांउमा शाही सेना र प्रतिकार समितिले दुख दिन थाले । एक रात झापाका लखन दाइ र अर्का एकजनाको नाम बिर्से उहाहरु गांउकै चन्द्र लिम्बु हिमाल दाइ संग आउनु भयो , र चन्द्र लिम्बु हिमाल र लखन अर्कै घरमा सेल्टर लिन जानु भयो अर्का दाइ र दमन दाइ मेरै घरमा रहनु भयो । त्यतिबेला शाही सेना कांइयो अप्रेशन चलाउदै थियो । हाम्रो गांउको होनाहार चन्द्र लिम्बु हिमाललाइ त्यही रात गोलि हानेर शाहि सेनाले मार्यो लखन उम्कन सफल हुनु भयो तर पछि उहाको पनि शाहदत भयो । मेरो घरमा सेल्टर लिने जिम्मेवार नेता लाइ त्यो शाहिसेनाको घेरा बाट उम्काउन मेरो निक्कै ठुलो भुमिका थियो । तर पछि उहाको पनि शाहदत भयो । इलामको टेक ब। एक्तेन क। आसिस दाइ केहि अघि म सगै सुतेर छुट्नु भयो तर उंहालाइ पनि शाहिसेनाले घर घेरा हाली कायरता पुर्बक हत्या गर्यो । त्यो बाल दिमाग पटक पटक क्ष्यत बिक्ष्यत बन्दै थियो । लाग्थ्यो हमला मै तिर सोझिएको छ । निक्कै बेचैन हुन्थे म ती समाचार हरुले ।
एक पटक इलामका सुर्यबाला राइ स परिवार उपचारको लागी दमक आउनु भयो । उहा मेरै बुवाको समकालिन हुनुहुन्थ्यो । त्यसैले मेरो बुवाको सम्पर्कमा आउनु भयो । उंहाहरु आएको सुइको पाएर प्रतिकार समिती र सस्त्र प्रहरि आयो ,त्यो बेला होलि होलि कुदाएर जोगाउन सफल भए । उहा आज ए माओबादीको इलाम बाट समानुपतिक सभासद हुनुहुन्छ । म संग रात बिताएका देबेन्द्र अधिकारी , धिरेन चेम्जोङ हरु पनि मारिनु भयो । धेरैले जेल जिवन बिताउनु भयो । कोहि घाइते हुनु भएको छ ।
त्यही संकटकालको महागर्मीमा लागेको तिवारमा देउसेनाच हिडियो निक्कै रात त्यो देउसे नाचमा सेन्ट्री बस्दा, पुलिस आर्मिले खेदो गरेको जासुस गर्दा र रात भरि अनिदो आखाहरुले जनबादी गित र नृत्यको साथमा यात्रा गर्दाका अनुभुतिहरु स्मरण गर्न लाएक छन । म एकपटक त्यही बचपनामा घर छोडेर निस्किए पार्टिको सम्पर्कमा पुगे तर मेरै छिमेकी कान्छा लाओती दाइले अहिले सानै छौ , दुख हुन्छ बरु गांउमै पार्टिलाइ सहयोग गर्दै बस्नु पढ्नु भनेर फर्काउनु भयो अनि फर्किए ।
त्यसपछी म बिधार्थी सगठनमा अबद्ध भएर काम गर्न थाले पार्टिलाइ सहयोग गर्न थाले त्यतिबेला धेरै होनाहार योद्धाहरु मारिदा जेल पर्दाका धेरै अनुभुतिहरुले मलाइ अहिले पनि तंरगित बनाउने गर्छ ।
आखिर के थियो सपनारु किन ति योद्धाहरुको हत्या भयो रु किन मर्न हिम्मत गरे रु किन सपनाहरुको हत्या गरियो रु किन धोका भयो रु यस्ता अनेकौ प्रश्नहरुको भुङ्ग्रोमा भकभकी उम्लिरहेको मेरो यो जिवनले थाक्न र हार्न मानेको छैन । शहिद हरुको पन्क्तिमा उभ्याउने प्रण गरेको छु । उमेर छिप्पिदो छ, घर परिवारका कयौं मर्माहत समस्याहरु थांती राखेर हजारौ महान छोराछोरिले देखेको सपनाको बाटो हिडिरहने संकल्प लिएको छु मैले ।
बिचका धेरै यात्राहरुको निरन्तर पन्क्तिमा उभ्याउदै आएको छु । अविचलित सतिशाल झै आफुलाइ उभ्याउने प्रयत्नमा बिप्लब कामरेडको एकिकृत क्रान्ती कोसेढुङा साबित हुने छ मैले यहि बुझेको छु । नेपालि समाजका खास बिसेसता र अन्तर्बिरोधको मिहिन अध्यन गरेर नेपालमा बिधमान दलाल पुजिबाद बिरुद्ध परिलक्षित रहि जुन संघर्सको उठान गर्न खोजिएको छ यसले नेपाली जनयुद्धमा होनाहार छोराछोरिले बगाएको रगत र देखेको सपना पुरा गरि छाड्ने छ ।
दलाल हरुले चलाएको र टिकाएको सत्ताले यस्तो असमानता सृजना गरेको छ कि यहा निस्ठाले जिउन चाहाने इमान्दार हरु बिदेशिको नोकर हुनु परेको छ । दलाल फटाहा र गुण्डाहरुको बोलवाला छ । सामाजिक बिभेद, छुवाछुत, उपेक्षाको शिकार बनेका नेपालका दलित हरु यो जमानामा पनि मान्छे हुन पाएका छैनन । आदिबासी जनजाती महिला हरु प्रती राज्य र समाजले गरेको बिभेद सहिनसक्नुको छ । किसानहरुको स्थिती अत्यन्तै कमजोर बन्न पुगेको छ । मजदुर हरु यंहाका ठेकेदार र मालिकका गुलाम बन्नु परेको छ । युवा र बिधार्थिहरु खरिद बिक्री गरिने बस्तु बन्नु पर्ने कृतिम स्थिती सृजना गरिएको छ । यो अंध्यारो सायद हिजो मर्ने र मारिने शहिदहरुले पनि देख्न पाएनन । भोग्न पाएनन ।
यधपी हामी बाध्य छौ यो स्थितिको सामना गर्न । तर बाध्य छैनौ सहेर बस्न । हामी लड्ने छौ, मर्ने छौं तर सबै खाले अन्याय अत्यचारको अन्त्य गरेर समुन्नत नेपाल बनाएरै छाड्ने छौ । बिर शहिद लाल शलाम । एकिकृत क्रान्ती जिन्दाबाद ।
याे संस्मरण २०७२ सालमा लेखिएकाे भएपनि सान्दर्भिक ठानेर पुनः प्रकाशन गरिकाे हाे ।