आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

  • सोमवार, माघ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, २८ माघ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् ।

यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ छ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना कप्तान खड्का ९६औँ स्थानमा थिए । त्यसैगरी अलराउन्डतर्फ कप्तान खड्का ४०औँ स्थानमा रहेका छन् । त्यस्तै नयाँ वरियताको बलिङतर्फ सोमपालले २३औँ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औँ स्थानमा थिए । सोमपाल अलराउण्डरतर्फ भने ५१औँ स्थानमा छन् ।

बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना वसन्त ७४औँ स्थानमा थिए । नयाँ वरियताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ