म्यानचेस्टर सिटीको शानदार जित, सर्जियो अग्युरोले गरे ह्याट्रिक

म्यानचेस्टर सिटीको शानदार जित, सर्जियो अग्युरोले गरे ह्याट्रिक

  • सोमवार, माघ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे ।

यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५ मिनेटभित्रै ४ गोल गरेको थियो ।

खेलको चौथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं र १९ औं मिनेटमा अग्युरोले गोल गरेका थिए ।

त्यस्तै २५ औं मिनेटमा गुन्डुगानले गोल गरेपछि पहिलो हाफमा सिटीले ४–० को अग्रता लियो ।

खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५–० बनाए ।

योसँगै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे । र, अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानीसँग बराबरी गरेका छन् ।

एकपक्षीय खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को जित  दिलाए ।

जितसँगै सिटी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ ।

सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ ।

पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले पनि सहज जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

टोटनह्यामलाई जिताउन डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक–एक गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए ।

जितसँगै टोटनह्यामले २६ खेलबाट ६० अंक जोड्दै लिगको अंक तालिकामा तेस्रो स्थानमा छ । ३२ अंकसहित लेस्टर सिटी भने १२ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ