माघ २८ काठमाण्डौं ।
नेपालको राजनीतिमा तरगिंत तुल्याएको एउटा विषय थियो नेकपाका एक अध्यक्ष प्रचण्डको अमेरीका विरोधी वक्तव्य । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले भेनेजुएलामा हस्तक्षेप नगर्न भनी दिएको विज्ञप्तिमा शब्द चिप्लिएको भन्ने सार्वजनिक प्रतिकृया दिए पछि रिसाएका प्रचण्डले अमेरीकी राजदुतलाई समेत भेटेको सार्वजनिक भएको छ ।
केही दिन अघि अमेरीकी राजदुत र्याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकार र पार्टीको धारणाबारे जानकारी लिन खोज्दा ओलीले ट्रम्पको जिब्रो बेला बेला चिप्लिए जस्तै प्रचण्डको पनि शब्द चिप्लिएको हो भनेर प्रतिकृया दिए पछि अमेरीका यो प्रतिकृयाबाट सन्तुष्ट नभएको देखिएको छ ।
यस पछि शनिबार प्रचण्डसगँ सुटुक्क भेट्न राजदुत बेरी खुमलटार पुगेको र त्यस क्रममा प्रचण्डलाई निम्तो समेत दिएको कुरा सो पार्टीका नेता देवेन्द्र पौडेलले आईतबार बताएका छन् ।
यसले अमेरीका प्रधानमन्त्रीको जवाफबाट सन्तुष्ट नभएर प्रचण्डलाई भेट्न पुगेको त हैन ? भन्ने आशका उब्जिएको छ ।
त्यसमाथि पनि अमेरीकाको भ्रमणको निम्तो नै प्रचण्डले पाउनु र उनले समय मिलाएर छिट्टै अमेरीका भ्रमणमा जाने बताएको विषयले के संकेत गर्छ ?
एउटै विषयमा पहिला प्रधानमन्त्रीसगँ अनि फेरी प्रचण्डसगँ छलफल गर्ने अमेरीकी कुटनीतिको रहस्य के हो ?
यसैबीच दुई अध्यक्षबीच शनिबारै दिउसो तीन घण्टा छलफल भएको र पार्टीमा अन्तरविरोध नदेखिने गरी मिलेर जाने सहमति भएको पनि पौडेलले बताए ।