रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

  • आइतवार, माघ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, माघ २७ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा डर्बी क्लब एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

एट्लेटिकोको मैदानमा भएको खेलमा रियललाई जित दिलाउन कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक–एक गोल गरे । एट्लेटिकोका एन्टोनियो ग्रिजम्यानले एक गोल फर्काए ।

१० खेलाडीमा सीमित एट्लेटिकोविरुद्ध १६ औं मिनेटमा कासिमिरोको गोलबाट रियलले अग्रता बनाएको थियो । तर,  खेलको २५ औं मिनेटमा घरेलु टोलीका ग्रिजम्यानले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ४३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।

जितसँगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई एक अंकले पछिपार्दै दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको ४४ अंक छ । रियल लिग लिडर बार्सिलोना भन्दा ५ अंकले पछि छ । बार्सिलोनाको ५० अंक छ ।

ला लिगाअन्तर्गत गएराति नै भएको अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको छ । त्यस्तै स्पालियोलले रायो भाल्कानोलाई २–१ ले पराजित गर्दा हुस्काले जेरोनालाई २–० गोलले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ