गाउँपालिका प्रमुख नेम्बाङको निधन

गाउँपालिका प्रमुख नेम्बाङको निधन

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

पाँचथरको फाल्गुनन्द गाँउपालिकाका प्रमुख तथा साहित्यकार अमरकुमार नेम्बाङको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो राजनीतिक आन्दोलनको पृष्ठभुमि भएका नेम्वाङको शनिवार निधन भएको हो। लामो सयमदेखि निर्वाचित राजनीतिक नेतृत्व गरेका नेम्बाङको निधनले जिल्लाबासी स्तब्ध भएका छन्।

गाँउपालिकाको केन्द्र पञ्चमी बजारमा क्षमता विकास सम्बन्धि कार्यक्रममा सहभागि हुने क्रममा ढलेका नेम्बाङको उपचारका लागि इलाम पुर्याउँदा निधन भएको हो। मन्तव्य राखेर कुर्सिमा बस्ने क्रममा ढलेका उनी अचेत भएका थिए। उपचारकालागि जिल्ला अस्पताल इलाम पुर्याईएका उनको निधन भएको हो। जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेण्डेन डाक्टर पवनजंग रायमाझिले ‘सडेन हर्टअट्याक’ भएको हुन सक्ने देखिएको जानकारी दिए। थप उपचारकालागि काठमाडाैं लैजान हेलिकप्टर प्रबन्ध गरिएपनि उनको मृत्यु भइसकेको थियो।

उनी विसं १९९८ सालमा पौवासारतामा जन्मिएका थिए। नेपाली कांग्रेसबाट पटक पटक तत्कालिन गाविस अध्यक्ष जितेका उनी गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ