सुमन श्रेष्ठ/ झापा ।
झापामा अखिल नेपाल महिला संघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको संयुक्त जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज झापाको सुरुङ्गामा सम्पन जिल्ला सम्मेलनले रोश्नी लिम्बुको अधक्ष्यतामा १७ सदस्यिय महिला संगठन निर्वाचित गरेको छ ।
त्यस्तै दलित मुक्ती मोर्चापनी १७ सदस्यिय निर्माण गर्दै सोको जिल्ला अधक्ष्यमा प्रबिण दर्नाललाई निर्वाचित गरिएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा अनेमसंघकी केन्द्रिय सचिवालय सदस्य मनु अछामीको उपस्थिती रहेको थियो ।त्यस्तै पार्टिका तर्फबाट झापाका जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलको उपस्थिती रहेको थियो ।
सम्मेलनमा बोल्दै अछामीले लैङ्गिक हिंसा बिरुद्ध संगठनले संघर्स गर्नु पर्ने बताएकि छिन् । उनले दलाल पुंजिवादी राज्य सत्तालाई अन्त्य गरेर निर्माण गरिने बैज्ञानीक समाजबादले मात्र सम्पूर्ण समस्याको हल गर्ने भएकोले एकिक्रित जनक्रान्तिको अभियानमा जुट्न सबैलाई अपिल गरिन् ।
त्यस्तै नेकपा झापाका सचिब पौडेलले आफ्नो पार्टिले अगाअडि सारेको एकिक्रित जनक्रान्तिले नेपाली बिशेषअताहरुमा उत्पीडित जाती जनजाती हरुलाई समेत उल्लेख गरेकोले सो बर्गले अन्तर्बिरोधहरुको उपयुक्त पहिचान गर्दै संघर्समा सहभागि हुनु पर्ने बताए । महिला हरुले आफ्नो चुलो चौका र जनजीवनअका समस्याहरु बुझ्दै सो को कारण दलाल सत्ता भएको कुरा बुझ्दै त्यसको बिकल्पमा अगाडि सारीएको बैज्ञानीक समाजबाद्को निम्ती उठ्नु पर्ने बताए । सम्मेलनमा अनेमसंघ क्रान्तिकारीकी मेची ब्युरो संयोजक सिता बांस्कोटा र दलित मुक्ती मोर्चाका ब्युरो संयोजक मगेश लकान्द्रीले बोलेका थिए । नव निर्वाचित कमिटिका अधक्ष्यहरुले प्रतिबद्द्ता ब्यक्त गर्दै संगठनलाई जनाटकओ बिचमा लिएर जाने बताए ।