जाजरकाेट, डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायतमा हिमपात, हिउँमा खेलेर रमाउदैँ पर्यटक

जाजरकाेट, डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायतमा हिमपात, हिउँमा खेलेर रमाउदैँ पर्यटक

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ ।

केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् । कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ ।

लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताउनुभयो ।

हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु । तस्वीर ः दाने बोहरा

हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएको उहाँको भनाइ थियो ।

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली

सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

तीनदिन देखिको लगातारको वर्षापछि म्याग्दीको तल्लो क्षेत्र बेनी नगरपालिकाको¬२ ज्यामरुककोटमा भएको हिमपात । तस्वीर ः धु्रबसागर शर्मा

बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ ।

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी