रातले छेकेन दामनमा हिउँ खेल्न

रातले छेकेन दामनमा हिउँ खेल्न

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

दामन। 

भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा अहिले साँझदेखि हिमपात भएको छ ।

मकवानपुरको उच्च पहाडी क्षेत्र दामन, सिमभञ्ज्याङलगायतका भूभागमा हिमपात भएको हो । हिमपात अघि त्यस क्षेत्रमा ठूलो असिना पानी परेको थियो । हिमपात भएसँगै पर्यटकीय क्षेत्र दामन पुगेको पर्यटक तथा स्थानीय हिउँ खेलेर रमाइरहेका छन् ।

पहिलोपटक दामन पुग्ने बित्तिकै हिउँ खेल्न पाउँदा निकै आनन्द लागेको त्यहाँ पुग्नुभएका सर्जिकल एशोसिएशन अफ नेपालका अध्यक्ष रमन कायस्थले बताउनुभयो । यस वर्ष दामनमा चौथो पटक हिउँ परेको एभरेष्ट पानारोमा होटलका कर्मचारी तुलसी घिमिरेले बताउनुभयो ।

दुई दिनदेखिको बद्लीसँगै दामनलगायत उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देखेपछि राजधानीबाट थुप्रै पर्यटक हिउँ खेल्न भनेर दामन पुगेका छन् । दामनमा हिउँ खेल्ने पर्यटकको भीडनै लागेको छ । दामन पुगेका पर्यटक रात परे पनि हिमपात भएपछि रातको प्रवाह नगरी होटलको आँगन, सडकमा निस्केका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ