उपचारमा घरखेत लिलाम भएपछि मन्दिरको बास, अझै ठिक भएन राेग

उपचारमा घरखेत लिलाम भएपछि मन्दिरको बास, अझै ठिक भएन राेग

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पर्वत, २६ माघ। 

क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ ।

फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । एउटा झुपडी र चार हलको खेत बेचेर आएको रु १२ लाख उपचारमा सकिएपछि मन्दिरको बास भएको उहाँ बताउनुहुन्छ । सतसठ्ी वर्षीय कँडेल ‘प्रोष्टेट क्यान्सर’बाट पीडित हुनुहुन्छ । पिसाबमा रगत देखिन थालेपछि २०७१ पुस १४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुगेर चार महीनासम्म उपचार गरेपछि उहाँको रगत बग्ने समस्या कम भयो ।
उपचारका क्रममा रु १० लाख खर्च भयो । पोखराबाट फर्किएको एक महीना नहुँदै फेरि पिसाबमा रगत देखिन थालेकाले भएको घरखेत बेचेर गाउँलेको सल्लाहमा कँडेल २०७५ जेठमा चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा पुग्नुभयो । एक महीनाको उपचारपछि साथमा भएको रकम सकियो । अस्पतालले थप उपचारका लागि रकम रकम जम्मा गर्न सल्लाह दिएर अस्पतालबाट फिर्ता पठाएकाले गृह जिल्ला आएपछि अहिलेसम्म गाउँ पुगेको छैन भन्दै उहाँ गुनासो गर्नुहुन्छ, “ गाउँमा घर पनि छैन साथमा रकम पनि भएन, अब केका लागि गाउँ जाने ?”

गत वर्ष पुसदेखि श्रीमतीसहित मन्दिरमा बस्दै आउनुभएका कँडेलले चिकित्सकले रु २२ लाख भए उपचार हुने सल्लाह दिएको जानकारी दिँदै भन्नुहुन्छ, “मसँग रु २० पनि खल्तीमा छैन, रु २२ लाख कहाँबाट ल्याएर उपचार गराउनु तर जस्तो भए पनि बाँच्न भने मन लाग्दोरहेछ ।”

कँडेलका चार छोरा छन् । छोराहरूको पनि उपचार गराउन सक्नै आर्थिक अवस्था राम्रो छैन । कान्छा छोरा मोहनबहादुर कँडेल रोजगारीका लागि दुबई पुगेका छन् । मोहनबहादुरले पठाएको रकम औषधि किन्दैमा सकियो, जेठा छोरा सोमबहादुरले कृषि पेशाबाट जेनतेन परिवार पाल्दै आएको छ, माइलो छोरो रोजगारीका लागि भारतमा गएको छ भने साइँलो छोरो पोहोर साल आगोमा डढेर अझै उपचार गराउँदै आएको उहाँ आफ्नो व्यस्था सुनाउनुहुन्छ ।

औषधि किनेर खान मासिक रु १० हजार जति खर्च हुने गरेको गरेकाले उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गर्न कँडेलले अपिल गर्नुभएको छ । कँडेललाई पर्वत सेवा समाजले शुक्रबार रु १० हजार २५ प्रदान गरेको छ । समाजका अध्यक्ष मुना भुषाल र फलेवास–११ का वडाध्यक्ष जीतबहादुर सुनारले पीडित कँडेल दम्पतीलाई उपचारका लागि प्राप्त रकम सो रकम प्रदान गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ