संखुवासभा, २५ माघ । अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम बिस्फाेट भएकाे छ । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको पावरहाउस नजिकै बिस्फाेट भएकाे हाे । बिहीबार राति पावरहाउसमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ९ सय मेघावाटकाे अरुण तेस्रो परियोजना बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।
यसअघि पनि त्यहाँ पटक पटक बम बिष्फाेट भएकाे थियाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline