पाँचथरबाट सामनाका जनकलाकार थामी र तामाङ गिरफ्तार,‘उदण्ड’ ओली सरकारको प्रतिवाद हुन्छः महासंघ

पाँचथरबाट सामनाका जनकलाकार थामी र तामाङ गिरफ्तार,‘उदण्ड’ ओली सरकारको प्रतिवाद हुन्छः महासंघ

  • बिहिबार, माघ २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, २४ माघ ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघले बिनाकारण जनकलाकारहरुलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेको छ । महासंघका महासचिव खेम थपलियाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई साँस्कृतिक अभियानमा रहेका बेला अपमानजक तरिकाले गिरफ्तार गरेको उल्लेख गर्दै जनताका कलाकारलाई ओली सरकारले ‘दुश्मन’ देख्न थालेको बताएका छन् ।
उनले लेखक, साहित्यकार र जनकलाकारलाई दुश्मन देख्ने र दमन गर्ने ओली–प्रचण्ड सरकारको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । विज्ञिप्तमा नेपाल कम्युनिस्ट पार्टीले चलाइरहेको दुई महिने ‘संगठन सुदृढिकीकरण तथा विस्तार अभियान–२’मा महासंघ अन्तर्गतको केन्द्रीय साँस्कृतिक टोली सामना साँस्कृतिक परिवारका जनकलाकार थामी र तामाङ बिहीबार पाँचथरको रबिबजारबाट बिनाकारण प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
ओली नेतृत्वको वर्तमान सरकार देशभत्तः, परिवर्तनप्रेमी, क्रान्तिकारी राजनीतिक शक्ति र जनतालाई बन्दुक र बुट देखाई आतंक फैलाइरहेको भन्दै ‘खराब सरकार’को संज्ञा दिइएको छ । न्यायप्रेमी तथा स्वाभीमानी नागरिक ‘खराब’ सरकार चलाउने खराब शासक र शासनव्यवस्था बाध्यक नहुने भन्दै न्यायको आवाजमाथि दमन नगर्न महासचिव थपलियाले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन् ।
नेकपाको अभियान र जनकलाकारले देशैभर प्रस्तुत गरिरहेको जनताको साँस्कृतिक अभियानबाटबाट ओली सरकार आतिएको जनाउँदै दमन नरोकिए प्रतिवादको नीति लिने समेत उनले उल्लेख गरेका छन् । मिर्मिरे अनलाइनसँग कुराकानी गर्दै महासचिव थपलियाले गिरफ्तार थामी र तामाङले हिरासत बस्नुपर्ने र यातना खेप्नुपर्ने कुनै किसिमको अपराध नगरेको भन्दै दुवैजनालाई बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरे ।
‘सामाजिक फासीवादी सरकारले यस्तै गर्छ, खपु नेतृत्वको सरकारले अहिले कलम र आवाजलाई शत्रु देखेको छ’ उनले भने ‘अब पनि दमन नरोकिए जनतासँग प्रतिवाद गर्नुको कुनै विकल्प छैन ।’ शान्तिपूर्ण गतिविधि गरिरहेको राजनीतिक शक्तिमाथि फासिष्ट तरिकाले दमन र झुठा मुद्दा चलाएर ओली सरकार उदण्ड बनेको र यसको अवसान छिट्टै हुने विश्वास समेत उनले व्यक्त गरे ।
बिहान करिब ११ बजे गिरफ्तार दुवै जनलाई अहिले सदरमुकाम फिदिम पुर्याई प्रहरी हिरासतमा राखेको जनाइएको छ । उनीहरुसँग कसैलाई भेट गर्न दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ