काठमाडौं २४ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आह्वान गरेकेा आम शैक्षीक हड्तालकाे प्रभाव उपत्यका सहित देशभर परेकेा छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गैरन्यायिक गिरफ्तारीको विरुद्ध आज देशभरिका शिक्षण संस्था बन्दको आह्वान गरेकेा हाे ।अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था पूर्ण रुपमा बन्द भएका छन् ।
प्रहरीले गत माघ १७ गते अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क मोरङबाट पक्राउ गरेको थियो । अखिल क्रान्तिकारी सुनसरीको जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा केन्द्रिय कोषाध्यक्ष नरेन्द्रलाई प्रहरीले गिरफ्तार गरि झुठो मुद्दा चलाएको बताइएको छ । फाइल फाेटाे
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline