सुमन श्रेष्ठ/ झापा, २३ माघ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) ले आम शैक्षिक हडतालको पुर्वसन्ध्यामा आज झापामा मसाल जूलूस निकालेको छ ।
संगठनका केन्द्रिय कोसाध्क्ष नरेन्द्र बिश्वकर्माको रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी)ले भोलि हडताल को घोषण गरेको छ ।
माघ १७ गते बिराटनगर बिमानस्थल बाट गिरफ्तार गरिएका आफ्ना केन्द्रिय कोसाधक्ष नरेन्द्र बिश्वकर्मा लाइ झुटा मुद्धा लगाएर फंसाउन खोजिएको भन्दै भोलि २४ गते देश ब्यापी रुपमा शैक्षिक आम हड्तालको घोसणा गरेको अखिल क्रान्तिकारिले झापामा हड्तालको पुर्व संन्ध्यामा झापाको दमकमा मशाल जुलुस सम्पन्न गरेको छ ।
मशाल जुलुस दमकको गोर्खा डिपार्टमेन्ट बाट निस्किएर गणतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै अखिल क्रान्तिकारी झापाका अध्यक्ष संजय राइले झुटा मुद्दा लगाएर फंसाउन खोजिएका आफ्ना नेतालाइ बिना सर्त तुरुन्त रिहा नगर्ने हो भने निर्मम संघर्समा उत्रन बाध्य हुने चेतावनी दिए ।

भोलि आम शैक्षिक हड्ताल भएको हुनाले शैक्षिक संस्था बन्द गरेर सहयोग गरिदिन बिद्यार्थी नेता राइले अनुरोध गरे ।