स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बाेकेर गएकाे संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको गाडी दुर्घटना

स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बाेकेर गएकाे संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको गाडी दुर्घटना

  • मङ्लबार, माघ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

नुवाकाेट, २२ माघ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको टाट सुमाे नुवाकाेटमा दुर्घटनामा परेकेा छ ।  बा ३ च ५७११ नम्बरको टाटा सुमो नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगर जानकारी दिएका छन् ।

दुर्घटनामा परि चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकी रहेका  छन्को । घाइतेको नाम मंगलबार अबेरसम्म खुलेको छैन ।  गाडी सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको पञ्चकन्या गाउँपालिका–४ थप्रेकस्थित आरुखर्ककाे कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको छ ।

थप्रेकमा युएनडीपीको सहयोगमा निर्माण भई रहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बट्टारबाट गाडी भाडामा लिएर गएका थिए । दुर्घटनाअघि उक्त गाडी घ्याङफेदी पुगेर सातविसे हुँदै आरुखर्क जाँदै गरेको थियो ।  दुर्घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ