काठमाडौंको ग्रामिण बस्तीमा नेकपाको संगठन धमाधम बन्दै

काठमाडौंको ग्रामिण बस्तीमा नेकपाको संगठन धमाधम बन्दै

गाउँ र टोल–बस्तीमा सेल कमिटी, उद्योगका मजदुर संगठित

  • मङ्लबार, माघ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं, २२ माघ ।

नेपाल कम्युनिस्ट पार्टीले उपत्यकाका तीन वटै जिल्लामा ‘संगठन सुदृढिकीकरण तथा विस्तार अभियान–२’ लाई तीव्र पारेको छ ।

पार्टीको उपत्यका विशेष ब्यूरोले आफ्नो जिल्लाहरुमा सो अभियानलाई तीव्र गतिमा अगाडि बढाएको हो । अभियानको प्रभाव निकै बाक्लो परेको अभियानमा सहभागीहरुले जनाएका छन् ।

सोहीक्रममा आजै माज काठमाडौंको नागार्जुन नगरपालिका–८ को घट्टेखोलामा स्थानीय स्तरमा सभा र बैठक सम्पन्न गर्यो । घट्टेखोलास्थित द स्यारोन स्प्रिङ मिनिरल वाटर एण्ड बेभरेज इन्डष्ट्रिजमा एक कमिटी गठन गरेको छ । टोलीमा सहभागीहरुले स्थानीयको घरमा निःशुल्क श्रम समेत गरेको छ ।

प्राप्त समाचार अनुसार रिता गिरीको अध्यक्षतामा ७ सदस्यीय महिला कमिटी गठन भएको छ । सचिवमा स्मृति तामाङ, कोषाध्यक्षमा सुस्मा गिरी, सदस्यहरुमा कौशिला गिरी, सुष्मा गिरी, अमृता गिरी भावना बुढाथोकी छन् । नेता सुरेन्द्र महर्जनको नेतृत्वमा पुगेको अभियान टोलीको पहलमा कमिटी गठन गरिएको पत्रकार जितेन्द्र महर्जले जानकारी दिएका छन् ।

कमिटी गठन सभामा नागार्जुन नगरपालिका सेक्रेटरी महेन्द्र तामाङ, युवा संगठनका कुमारलगायत नेताहरुको उपस्थिति रहेको थियो । ग्रामिण क्षेत्र यस भेगमा टाेलीले पैदल हिंडेर अभियान चलाइरहेकाे छ ।

अभियान बाँकी क्षेत्रमा निरन्तर चल्ने टोलीले जनाएको छ । अभियानबाट स्थानीय उत्साहित भएका छन् । उनीहरुले आफूहरु हरेक सरकारबाट हुने भ्रष्टाचार र दलालीले हैरानी परिरहेको बेला नेकपाले चलाएको अभियान उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ