नेकपा जिल्ला जनपरिषदद्वारा जग्गा नियन्त्रण

नेकपा जिल्ला जनपरिषदद्वारा जग्गा नियन्त्रण

  • सोमवार, माघ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं,२१ माघ । बर्दियामा भूमिहीन सुकुम्बासीहरुले बस्दै आइरहेकाे जग्गा भूमाफियाका चलखेलले उठिबास गराउन खाेजेपछि जनसत्ताले उक्त जग्गा कसैको हकदाबी नहुने गरि कब्जा गरेको छ । जनपरिषद नेपाल जिल्ला समिति बर्दियाले भू-माफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुलाई उठिबास गराउन खोजेको भन्दै जिल्लाको एक जग्गालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला जनपरिषदका प्रमुख टीकाराम थारुले माघ २० गते उक्त जग्गामा ब्यानर र झण्डा गाडेर मुनादेवी कायस्ताको नाममा बर्दियाको साविक बेलुवा ४, लखनाचोक स्थित ३ कठ्ठा १० धुर जग्गा नियन्त्रणमा लिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।

उक्त जग्गा भूमाफिया ध्रुव बस्याल र महेश्वर नाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुले २०५६ सालदेखि जोतभोग गर्दै आएको उक्त जग्गा र अहिले कथित नेपालको कानुन देखाउदै बल प्रयोग गर्दै निज कमानसिंह थारुलाई उठिबास गराउने चलखेल भएको भन्दै कब्जामा लिएको जनपरिषदका प्रमुखले जनाएका छन् ।

उनले भूमिहीन सुकुम्बासीहारुलाई उठिबास गराउन खोजिरहेको भन्दै भूमाफिया विरुद्ध कडा जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ