तेस्रो खेल सुरु हुनु अघि नै युएईमा वर्षा र चट्याङ

तेस्रो खेल सुरु हुनु अघि नै युएईमा वर्षा र चट्याङ

  • आइतवार, माघ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

२० माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल सुरु हुनु अघि नै युएईमा वर्षा र चट्याङ परेको छ ।

वर्षा र चट्याङका कारण खेल केही बेर ढिलोगरी सुरु हुने भएको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा पानी परिरहेको छ । वर्षाकै कारण खेलाडीले वार्मअपसमेत गर्न पाएनन् ।

तीन खेलको टी–२० सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

सिरिजमा नेपाल र युएई १-१ खेल जित्दै बराबरीको अवस्थामा छन् । दुबै टिम आजको खेलमा जित हासिल गर्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ