आर्थिक विकासको वाधक आन्दोलन – मन्त्री यादव

आर्थिक विकासको वाधक आन्दोलन – मन्त्री यादव

  • शनिबार, माघ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

विराटनगर, १९ माघ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृृकाप्रसाद यादवले मुलकको विकास र समृद्धिका लागि आन्दोलन गर्ने सोच त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले मुलुकको आर्थिक विकासको वाधक आन्दोलन भएकाले त्यसलाई त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको हो ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैँकले लिने ब्याजलाई सरकारले अविलम्व घटाउनुपर्ने माग गर्दै विगत केहीदिनदेखि विरोधका विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा मन्त्री यादवले सो कुरा भन्नुभएको हो ।

मन्त्री यादवले आर्थिक समृद्धिको अभियानमा मुुलुुक अगाडी बढेकाले अब आन्दोलनको औचित्य नभएको वताउदै सहमति र सहकार्यबाट समस्याका समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उहाँले औद्योगिक उत्पादन वृद्धि गरेर वैदेशिक व्यापार घाटा कम गर्नेतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली सबै नेपालीको साझा लक्ष्य भएकाले यसलाई सफल वनाउन सबैको सहयोग र सहकार्य आवश्यक छ ।”

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुुसैयतले उद्यमीको समस्या समाधानका लागि प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ