डा. केसीको मागप्रति जनअधिकार अभियान नेपालको प्रतिबद्धता

डा. केसीको मागप्रति जनअधिकार अभियान नेपालको प्रतिबद्धता

  • शुक्रबार, माघ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं ।
जनअधिकार अभियान नेपालले डा गोविन्द केसीले उठाएका मागमाथि ऐक्यबद्धता जनाएको छ । विगत लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि बिभिन्न माग राखेर पटक पटक अनशन बस्दै आएका केसीको माग पुरा गर्ने प्रतिबद्धता जनाएपनि सरकारले पुरा नगरेको भन्दै अभियान नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ
जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले शुक्रवार बिज्ञप्ती निकालेर डा केसीले उठाएका मागलाई सम्बोधन नगरी उहाँको जीवन र मानवअधिकारको रक्षामा देखिएको सरकारी उदासीनताप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
बलपूर्वक बहुमतका आडमा चिकित्सा शिक्षा विसधेयक पास गरी आफ्नै प्रतिबद्धता विपरीत वार्ता र सम्बादको प्रकृयाबाट समस्या समाधान गर्नेतर्फ नलागेको भन्दै उहाँले वार्ता र छलफलबाट समस्या समाधानगर्नेतर्फ लाग्न सरोकारवालापक्षसँग माग समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ